२०८१ बैशाख १५

गठबन्धन गर्न चाहनेका लागि ढोका खुला : गुरुङ




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ बताएका छन् ।



Advertisement



मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसित उनले एजेन्डा मिल्नेसँग गठबन्धन गरिने बताए ।

“गठबन्धन गर्न चाहनेका लागि ढोका खुला छ,” उनले भने, “एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छ ।”

आजको बैठकबाट पोलिटब्युरोको बैठक यही भदौ ९ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने निर्णय गरिएको प्रचार विभागका प्रमुख समेत रहेका गुरुङले जानकारी दिए ।



उनका अनुसार भदौ १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्ने उनले बताए ।

आजको बैठकमा ६ प्रदेशका इन्चार्जहरुले ‘रिपोर्टिङ’ गरेको उनले जानकारी दिए ।

Copy link
Powered by Social Snap