२०८१ बैशाख १५

अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन विधेयक ल्याउनुपर्‍यो : गृहमन्त्री खाँण




काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनुपरेको बताएका छन् । 



Advertisement



सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याइएको दाबी गरे ।

गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले नागरिकता विधेयक ल्याएर उनीहरूलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए ।



उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरूलाई नागरिकता दिने व्यवस्था गर्नुपरेको बताए । उनले नागरिकता विधेयकमा महिलाहरूको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको बताए । 

Copy link
Powered by Social Snap