२०८० चैत्र १६

भदौ १०–११ गते केन्द्रीय कमिटीको बैठक : यी हुन् एमाले स्थायी कमिटीका निर्णय




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकबाट ती बैठकका मिति तय गरिएको हो ।



Advertisement



पोलिटब्युरोको बैठक यही भदौ ९ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार भदौ १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्ने उनले बताए ।



आजको बैठकमा ६ प्रदेशका इन्चार्जहरुले ‘रिपोर्टिङ’ गरेको उनले जानकारी दिए ।

आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ पनि उनले बताए ।

Copy link
Powered by Social Snap