२०८१ बैशाख ७

गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने




काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।



Advertisement



सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटबारे छलफल गरेको तर कुनै निष्कर्षमा पुगिनसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“मुख्य रूपमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा बारेमा छलफल भयो । अलिक दिन कुरेपछि सबै थाहा हुन्छ तपाईंहरू आउँदै गर्नुहोस्,” सञ्चारकर्मीमाझ उनले भने । 



कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्नेछ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर सिट बाडफाँटको बिषय भने अझै टुंगोमा पुग्न सकेको छैन ।

Copy link
Powered by Social Snap