२०८१ बैशाख ६

सबै बजेट संघीय सरकारले राखेर प्रदेशलाई निम्छरो बनायो, तर पनि काम गरेका छौँ : मुख्यमन्त्री राई




विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारले पाएको अधिकार अनुसार विकास निर्माणलाई गति दिएको बताएका छन् । प्रदेश संरचना निर्माण भएसँगै बजेटको र साधन स्रोतको उपलब्धता अनुसार प्रदेशले गरेका काम निराशाजनक नभएको दाबी गरेका हुन् । 



Advertisement



संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आायेजनामा आज विराटनगरमा भएको छलफल कार्यक्रममा राईले संघीय सरकारभन्दा धेरै योजना प्रदेशकै तर्फबाट बनाइएको बताए ।

“अधिक बजेट संघीय सरकारले राख्छ । प्रदेशलाई निम्छरो बनाइएको छ तर हामीले उपलब्ध स्रोतकै परिचालन गरेर भएपनि संघले दिएका भन्दा धेरै योजना दिन सकेका छौँ,” उनले भने ।



पर्याप्त बजेट र अधिकार नदिइएकाले पनि प्रदेश सरकारलाई अधिक कमजोर बनाउने प्रयास भएको राईले सुनाए । 

संघीय सरकारले बजेटको सही परिचालन गरिदिए प्रदेश सरकारले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्न सक्ने भन्दै राईले अहिलेको बजेटले धेरै काम गर्न नसकिने जिकिर गरे ।

“प्रदेश सरकारको अहिलेकै बजेटले त ५ वर्षमा १४ वटा पक्की सडक पनि बनाउन सकिदैन,” राईले सुनाए । राष्ट्रिय गौरवबाहेकका आयोजनाको बजेट प्रदेशलाई हस्तान्तरण हुनुपर्ने राईले बताए ।

Copy link
Powered by Social Snap