२०८१ बैशाख १३

नयाँ नेतृत्वको खाँचो : भण्डारी




काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



Advertisement



नेता भण्डारीले हरेक पार्टीमा रहेका युवा नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए । कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको उनले औँल्याए । अहिलेको नेतृत्व तहबाट अबका दिनमा मुलुक अघि बढ्न नसक्ने उनको भनाइ छ ।

“जो हरेक पार्टीमा नेतृत्व गर्ने युवा छन्, ती सबै युवा टाउको बन्ने कि पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन् । जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको छ । यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ?,” उनले भने, “मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरूबाट चल्न सक्दैन । उहाँहरू सत्ताको कसीमा सफल हुन सक्नु भएन । भोलिका दिनमा उहाँहरूको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन । कांग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।”



सत्तास्वार्थका लागि मात्र गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने उनले उल्लेख गरे ।

उनले देशका १८ वर्षमाथिका युवा विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको बताए ।

Copy link
Powered by Social Snap