२०८१ बैशाख २६

सत्ता गठबन्धनले दुई दिनभित्र सिट बाँडफाँटकाे मापदण्ड तयार गर्ने




काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलले २ दिनभित्र सिट बाँडफाँटको मापदण्ड तयार गर्ने बताएको छ ।



Advertisement



मंगलबारको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने जानकारी दिए । 

पुरीकाअनुसार मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा शारीरिक अस्वस्थताको कारणले कार्यदल संयोजक कृष्ण सिटौला भने अनुपस्थित रहेको उनले जानकारी दिए ।



“हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ । २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्र लगायत विभिन्न आधारमा छलफल भइरहेको छ,” उनले भने,“आज संयोजक सिटौला जी अस्वस्थ भएर उपस्थित हुनुभएन । हामी ९ गतेभित्र निष्कर्षमा पुग्छौँ ।”

पुरीकाअनुसार कार्यदलको बैठक बुधबार साँझ ५ बजे पुनः बस्नेछ ।

Copy link
Powered by Social Snap