२०८१ बैशाख १३

मुख्यमन्त्री राईको नाम सुनसरी–१ बाट सिफारिस




विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ । नेकपा (एकीकृत समाजवादी) सुनसरीले उनको नाम सिफारिस गरेको हो ।



Advertisement



शनिबार बसेको जिल्ला कमिटीको बैठकबाट मुख्यमन्त्री राईसहित चारजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको छ ।

जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार सोही क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य ‘क’तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।

यस्तै, सुनसरी–२ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्यका उमेदवार अर्को बैठकले सिफारिस गर्ने सचिव सुवेदीले बताए ।



सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य ‘क’तर्फ केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेशसभा सदस्य ‘ख’तर्फ रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् ।

सुनसरी–४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम प्रतिनिधिसभा सदस्याका लागि सिफारिस गरिएको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य ‘क’तर्फ बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेशसभा सदस्य ‘ख’तर्फ महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले जानकारी दिए ।

Copy link
Powered by Social Snap