सभामुखले गरेका निर्णय कार्यान्वयन नगर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन (पत्रसहित)
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको पदावधिलाई लिएर प्रश्न गरेका छन् । अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेर सभामुख सापकोटाको पदावधि सकिएको आशयसहित उनले गरेका निर्णय कार्यान्वयन नर्गन भनेका छन् ।
पत्रमा प्रतिनिधिसभाको कार्यकाल उमेदवारी दर्ता हुने दिनसम्म रहने उल्लेख छ । पत्रमा असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न आग्रह गरिएको छ ।
"मिति २०७९/०६/०५ गते दिनको १ बजे संघीय संसद सचिवालयको सचिवालय तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकाले सोही बमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ," राष्ट्रियसभाका ...









