२०८१ बैशाख ८

एमाले देवदह अध्यक्ष चापागाईंले गरे पार्टी परित्याग, स्वतन्त्र उमेदवारीको घोषणा




बुटवल । नेकपा (एमाले)का देवदह नगर अध्यक्ष टिकाराम चापागाईंले पार्टी परित्याग गरी संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् ।



Advertisement



रुपन्देही–१ क्षेत्रका जनताका लागि काम गर्न तथा स्थानीयका समस्या र गुनासालाई समाधान गर्न पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै एमाले परित्यागको घोषणा गरेका हुन् । शनिबार उनले आफ्नो फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् ।



उनले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र रूपमा उमेदवारीको घोषणा समेत गरेका छन् ।

Copy link
Powered by Social Snap