२०८१ बैशाख १५

एमालेसँग एक्लै भिड्ने कसैको हिम्मत छैन : रायमाझी




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारूढ दलहरूसँग आसन्न निर्वाचनमा आफ्नो पार्टीसित एक्लाएक्लै भिड्ने हिम्मत नभएको जिकिर गरेका छन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरूले नेपाली कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको उनको भनाइ छ ।



Advertisement



शनिबार काठमाडौंमा नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारूढ दलहरू गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्‍याए ।

सत्ता गठबन्धन देशी–विदेशी प्रतिक्रियावादीको इसारामा चलेको भन्दै सचिव रायमाझीले उनीहरूलाई नेपाली जनताले निर्वाचनमा परास्त गर्नुपर्नेमा जोड दिए ।



‘नेकपा (एमाले)सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरूले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरूले गठबन्धन आवश्यकता हो भनेर कांग्रेसको पुच्छर बनिरहेका छन्,” उनले भने, “गठबन्धन गरे पनि उनीहरूलाई सजिलो छैन । एउटा पार्टीभित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भइरहेको छ भने उनीहरूलाई झन् गाह्रो हुनेछ । यो गठबन्धन देशी–विदेशी प्रतिक्रियावादीहरूले बनाएका हुन् । यो उनीहरूकै इसारामा चल्छ ।”

उनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने उल्लेख गरे ।

Copy link
Powered by Social Snap