२०८० चैत्र १५

माधव नेपालले भने– चुनाव प्रचारका लागि १५ दिनले पुग्दैन




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने कुरा व्यवहारिक नभएको बताएका छन् । 



Advertisement



आइबार निर्वाचन आयोगमा आचारसंहिता बारेको छलफलमा उनले उमेदवारलाई चुनाव प्रचारप्रसारका लागि १५ दिनले नपुग्ने बताएका हुन् । 

“चुनाव प्रचारप्रसारका लागि १५ कम भयो । यो व्यवहारिक हुँदैन । घरदैलो गर्न पुग्दैन । यसलाई बढाउनुपर्छ,” नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने । 



आयोगका पदाधिकारीले भने खर्च घटाउनका लागि दलहरूबाट आएको सुझावका आधारमा नै राखिएको जवाफ दिएका छन् । 

त्यस्तै, नेपालले प्रधानमन्त्रीलगायतले अरूको चुनावी प्रचारमा जान नपाउने आचारसंहिता व्यवहारिक नभएको बताएका छन् ।

Copy link
Powered by Social Snap