२०८१ बैशाख १३

राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक




काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् । संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।



Advertisement



उनले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्नेसम्बन्धी विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । 



यी विधेयक अब राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछन् ।

Copy link
Powered by Social Snap