२०८१ बैशाख ११

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिले गरे हस्ताक्षर 




काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 



Advertisement



आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित दलका प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो । सबैले प्रतिबद्धता जनाएको एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनाए । 



“आचारसंहिता पहिले नै आइसकेको थियो । आज प्रधानमन्त्रीसहित सबै दलका प्रतिनिधिहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको हो,” उनले भने । 

आचारसंहिता कहिलेबाट लागु गर्ने भन्ने आयोगले जानकारी नगराएको नेताहरूको भनाइ छ ।

Copy link
Powered by Social Snap