नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छ : बाबुराम
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको जिकिर गरे । उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए ।
उनले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनका निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको औँल्याए । केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको उनले उल्लेख गरे ।
“यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकि, पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदै छन् । जुन भूराजनीतिक संकट चीन, अमेरिकाबीचको तानातान बढ्दै छ, यसले द...









