२०८१ बैशाख १४

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा, सर्वोच्चको नेतृत्व हरिकृष्णलाई




काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले ६५ वर्षको उमेर हदका कारण सर्वोच्च अदालतबाट अनिवार्य अवकाश पाएका छन् । 



Advertisement



असोज १६ गते कार्कीको कार्यकाल सकिने भएपनि सोमबारबाट अदालतमा दसैँको बिदा सुरु हुने भएकाले उनले आजबाटै अवकाश लिएका छन् । 

प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका कार्कीको अवकाशसँगै अब कायममुकायम प्रधानन्यायाधीशको रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नेछन् ।



गत वर्ष फागुन १ मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव आएपछि कार्कीले वरिष्ठतम् न्यायाधीशको हैसियतले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले सात महिना कामु प्रधानन्यायधीशको कार्यभार लिएका हुन् । 

कार्की २०३७ साल साउन ६ गते न्यायतर्फको शाखा अधिकृतको रूपमा न्याय पेसामा प्रवेश गरेका थिए । २०४० मै उनी जिल्ला अदालत रुकुमका न्यायाधीशमा नियुक्त भएका थिए । २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने बेलासम्म उनले ९ वटा जिल्ला अदालतमा जिल्ला न्यायाधीश, चार पुनरावेदन अदालतको न्यायाधीश र राजस्व न्यायाधीकरण विभागको अध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए ।

Copy link
Powered by Social Snap