२०७९ माघ २५

Advertisement

सभामुखले गरेका निर्णय कार्यान्वयन नगर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन (पत्रसहित)




काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको पदावधिलाई लिएर प्रश्न गरेका छन् । अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेर सभामुख सापकोटाको पदावधि सकिएको आशयसहित उनले गरेका निर्णय कार्यान्वयन नर्गन भनेका छन् ।



Advertisement



पत्रमा प्रतिनिधिसभाको कार्यकाल उमेदवारी दर्ता हुने दिनसम्म रहने उल्लेख छ । पत्रमा असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न आग्रह गरिएको छ । 



“मिति २०७९/०६/०५ गते दिनको १ बजे संघीय संसद सचिवालयको सचिवालय तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकाले सोही बमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ,” राष्ट्रियसभाका अध्यक्षको निजी सचिवालयले संसद् सचिवालयलाई लेखिएकको पत्रमा भनिएको छ ।

Rastriya-sabha_Release61664117732.jpg

Copy link
Powered by Social Snap