२०८१ बैशाख १५

इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’




९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्‍न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी थापालाई प्रथम पुरष्कार ‘सुनको तिलहरी’ परेको थियो। दोश्रो पुरस्का कृष्ण भाटको जोडीलाई क्यान्डल लाइट डिनर र तेश्रो पुरष्कार २ जनाले आकर्षक डिजाइनको साडी प्राप्त गरे।



Advertisement



त्यसैगरी कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए। प्रवेश निशुल्क रहेको कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा सामुहिक नृत्य समेत गरिएको थियो।

अष्ट्रियाको लागि नेपाली राजदूत तथा भियनास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा नेपालको स्थायी प्रतिनिधि भरत कुमार रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। भर्खर अष्ट्रियामा आउने बित्तिकै पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन पाएकोमा राजदूत रेग्मीले खुशी ब्यक्त गरे। उनले नेपाली समुदायको सेवाका लागि आँफू कुनै पनि बेला काम गर्न तयार रहेको प्रतिवद्वता ब्यक्त गरे।



कार्यक्रममा इनास युरोपका संयोजक प्रकाश तिवारीले विशेष अतिथिको रुपमा बोल्दै इनास अष्ट्रियाको सक्रियताको प्रंशसा गरे। उनले इनास युरोप र ग्लोवलको समेत प्रतिनिधित्व गर्दै कार्यक्रममा सहाभागी भएको भन्दै आगामी दिनमा पनि कला र संस्कृतिको जर्गेनाका लागि यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा स्थानिय कलाकारहरुले तीजका चर्चित गीतहरुमा एकल तथा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए । कलाकारहरु श्रद्वा थापा र बबिता पुनको नृत्यले दर्शकको मन जितेको थियो।

अष्ट्रियामा नै जन्मे हुर्केका बालबालिकाहरुले पनि नेपाली कला र संस्कृतिमा चासो ब्यक्त गरका थिए। कन्चन बोहरा, सुनी लामिछाने, सोफिया लामिछाने, बिद्या टन्डन, दिव्या ढकालले स्वागत नृत्य प्रस्तुत गरे।

कार्यक्रममा इनासका कलाकारहरु सम्झना बोहरा, शिला अधिकारी, वर्षा पौडेल, पवित्रा केसी कार्की, गंगा पोखरेल, नुनिता सापकोटा, एजिला श्रेष्ठ, सम्झना गिरि, शोभा शर्मा र स्याण्डी भण्डारीले सामुहिक नृत्य गरेर मनोरन्जन प्रदान गरेका थिए ।

Copy link
Powered by Social Snap