२०८३ बैशाख १८

Author: admin

कुलमानले भने–जलविद्युत् आयोजना महँगोमा बनाएर कसैलाई लाभ हुन्न

कुलमानले भने–जलविद्युत् आयोजना महँगोमा बनाएर कसैलाई लाभ हुन्न

देश
८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउन नहुने बताएका छन् । जलविद्युत् महँगो भएमा भारत र बंगलादेशमा विद्युत् निर्यात हुन नसक्ने उनको तर्क छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा गरेको छलफलमा उनले सरकारको नीति र नियमको कारण परियोजना महँगो हुँदै गएको बताए । जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने जस्ता कारणले आयोजनाको लागत बढिरहेको उनको कथन छ । जलविद्युत् सस्तो वा महँगो बनाउने सरकारको गतिविधि र नीतिले निर्धारण गर्ने घिसिङले बताए । जलविद्युत् महँगो हुँदा जनतालाई समेत विद्युत् महँगो पर्न जा...
आफ्ना “टीनएजर” छोराछोरीको भविष्य प्रति चिंतित हुनुहुन्छ? यहाँ छ उपाय

आफ्ना “टीनएजर” छोराछोरीको भविष्य प्रति चिंतित हुनुहुन्छ? यहाँ छ उपाय

कभर स्टोरी
१३ देखि १८ वर्षको उमेर आमाबुवा तथा छोरा छोरी दुवैका लागि तनावग्रस्त समय हो। अधिकांश युवाहरुको समस्या एक प्रकार कै रहन्छ: भविष्यमा के गर्ने र के बन्ने? त्यसका साथै आमाबाबुको चिन्ता : छोरा छोरीले छानेको विषयले तिनको भविष्य सुनिश्चित छ की छैन? यो विषय पढी सक्ने हो हैन? पढाईमा लगाएको पैसा खेर त जाने हैन? सबै दुविधा हरु को समाधान स्वरूप अलाई फर टीनस इन्टरनेसनल (Ally For Teens Internationals) नामक बहुप्रतिष्ठित संस्थाले ल्याएको छ : Personality - Goal Analysis Test (PGAT) पूर्ण जानकारी यस भिडियोमा : आजै फोन गरी आफ्ना छोराछोरीको व्यतित्व अनुसारको भावी योजना कोर्नु होस: (CALL NOW FOR SPECIAL OFFER) Ally For Teens Internationals (P) Ltd Mob: +977-9869496698 Headquarters: Old Baneshwor - 09, KathmanduBranch Office: Putalisadak - 28, Kathmandu Facebook : Click Here ...

चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

मनोरञ्जन / कला
७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो । अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् । यसै अन्तर्गत चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे, भरतपुरमा यही भाद्र ८ गते (अगष्ट २४) का दिन बेलुकी ठीक ६ देखि ८ अर्थर गनको लाइभ प्रस्तुति हुने भएको छ । कार्यक्रम हुनुभन्दा २ सातादेखि नै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री...
५ करोड लगानीको ‘सजिलो साथी’ आउँदै, के हुनेछ नयाँ सुविधा?

५ करोड लगानीको ‘सजिलो साथी’ आउँदै, के हुनेछ नयाँ सुविधा?

नेपाली ब्रान्ड
काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारीसाधन कुर्नुपर्ने बाध्यता छैन। बसेकै ठाउँबाट माेबाइलमार्फत् चाहेको सवारी आफू भएसम्म बोलाउन सकिन्छ। ती सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याइदिन्छन्। केही वर्षयता यस्ता राडड सेयरिङ कम्पनीहरू थपिइरहेका छन्। यसैमध्ये पर्छ नयाँ राइड सेयरिङ एप 'सजिलो साथी।' सेवा दिन यसले 'सजिलो' नामक एप ल्याइसकेकाे छ। अन्य सुविधा र काम भने परीक्षण भइरहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमीर लामा बताउँछन्। चाँडै बजार भित्रिने गरी काम भइरहेको उनले बताए। 'वैशाखमा हामीले तीन महिनाका लागि एपको बेटा भर्सन ल्याएका थियाैं,' लामाले भने, 'अब सकेसम्म दसैंअघि बजारमा सार्वजनिक गर्ने तयारी छ।' उनका अनुसार 'सजिलाे' एपमा एघार हजार बढी चालक आबद्ध भइसके। युवाद...
आज संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेश गर्ने तयारी

आज संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेश गर्ने तयारी

देश, समाचार
७ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान १० बजे बस्दैछ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नेछन् । यसैगरी बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । ...
‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

कर्पोरेट, नेपाली ब्रान्ड
काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् । उपत्यकाबाहिर हेयर एण्ड शान्तिले नारायणगढपछि हेटौंडामा शाखा सञ्चालनमा ल्याएको सञ्चालिका अनुजा श्रेष्ठले बताइन् । गुणस्तरीय र दक्ष जनशक्तिबाट कपाल र सौन्दर्य सम्बन्धी सेवा दिंदै आएको हेयर एण्ड शान्तिले छोटो समयमा नै ग्राहकको मन जित्दै गएको उनले बताइन् । ‘उच्चतम उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै हेयर एण्ड शान्तिले ग्राहकहरुको मन जित्न सफल भएको हो,’ श्रेष्ठ भन्छिन् । हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनिक्योर-पेडिक्योर लगायत सेवा दिइरहेको छ । सन् २००१ मा भारत...
गठबन्धनका शीर्ष नेताहरुलाई ओलीको प्रश्न : लिम्पियाधुराबारे बोल्नु पर्दैन ?

गठबन्धनका शीर्ष नेताहरुलाई ओलीको प्रश्न : लिम्पियाधुराबारे बोल्नु पर्दैन ?

राजनीति
६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्सा भारतलाई मन नपरेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले नेपाली भूमि ६० वर्ष अगाडिदेखि भारतले भोगचलन गरिरहेको बताए । आफूहरु सरकारमा हुँदा नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेको भन्दै ओलीले भने, ‘म सुन्छु, भारतलाई मन परेको छैन रे ! भारतलाई मन पर्छ कि पर्दैन होइन, मन पर्नुपर्छ । जमिन फिर्ता गर्नुपर्छ ।’ यसबारे नबोलेको भन्दै उनले गठबन्धनका शीर्ष नेताहरुमाथि प्रश्न गरेका छन् । ‘लिम्पियाधुरा, लिपुलेक कालापानी बोल्न सक्छन् ?’ उनले भने, ‘म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको प्रदेशको नक्सा, तपाईंको जिल्लाभन्दा एक जिला परतिरको नक्सा, लिम्...
खेलबिनाका स्कुल! : विजयमणि पौडेल

खेलबिनाका स्कुल! : विजयमणि पौडेल

विचार, विचार
करिब डेढ दशकअगाडि त्रिचन्द्र कलेजमा बिएससी पहिलो वर्षको विद्यार्थी थिएँ। बिहान साढे ६ बजे फिजिक्स (भौतिक विज्ञान) को कक्षा सुरू हुन्थ्यो। कलेजको गेट सवा ६ मा मात्र खुल्थ्यो। सार्वजनिक यातायातमा खाँदिएर यात्रा गर्दै कलेजको गेटमा पुग्दा सहपाठीहरूको भीड हुन्थ्यो।  जब गेट खुल्थ्यो, सरस्वती सदनको छेउबाट हामी दौडेर फिजिक्स क्लासतिर लाग्थ्यौं। कक्षाकोठामा सिट पाउने आशामा अन्धाधुन्ध दौडिने क्रममा कति साथीहरू बाटोमा लडेर घाइते हुन्थ्यौं। एउटा कोठामा डेढ सयभन्दा बढी विद्यार्थी हुन्थे। दौडिन अब्बलहरूले अगाडिको सिट पाउँथे। दौडिन नसक्नेहरू पछाडि पुग्थे। कि त उनीहरू उभिनु पर्थ्यो। कक्षामा प्राध्यापकले बोलेको सुन्न मुश्किल हुन्थ्यो। पछाडिबाट बोर्डमा लेखिएको अक्षर राम्रोसँग देखिँदैन थियो। एउटा कक्षामा खाँदिएर यति धेरै विद्यार्थी हुँदा बेलाबेला निस्सासिएको अनुभव हुन्...
आफ्नै शर्तमा जीवन र राजनीति भोगेका प्रदीप गिरि : प्रशन्न पोखरेल

आफ्नै शर्तमा जीवन र राजनीति भोगेका प्रदीप गिरि : प्रशन्न पोखरेल

विचार, विचार
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार निधन भएको छ। उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गहिरो दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताले मात्र होइन, अरू विभिन्न दल नेता/कार्यकर्तासहित राजनीतिमा रूचि नभएकाहरूले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। ७५ वर्ष बाँचेका गिरिले आफ्नो राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाएका थिए। त्यसैले उनी एक हिसाबले सर्वस्वीकार्य थिए। उनीमात्र कांग्रेसका यस्ता नेता थिए, जसले कम्युनिष्टहरूलाई मार्क्स र लेनिनबारे पढाउँथे। गिरिले जे पढे र सार्वजनिक रूपमा जे बोले व्यावहारिक जीवनमा पनि त्यही लागू गर्न प्रयत्न ...
राष्ट्रपतिले कुन कुन दुई विधेयक प्रमाणीकरण गरिन?

राष्ट्रपतिले कुन कुन दुई विधेयक प्रमाणीकरण गरिन?

देश, राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।  यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो।  ...