२०८३ बैशाख १८

Author: admin

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र? जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो। आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे 'चिया घर'। राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्। चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण। 'चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,' सञ्चालक राजिव भन्छन्, 'गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्य...
नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

शेयर बजार
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा दिन लागेको हो । वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकोले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार पार्ने सेवा दिन लागिएको कम्पनीले जानकारी दिएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिव...
जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

अर्थतन्त्र, आर्थिक, नेपाली ब्रान्ड
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन थप ३ शोरुमको उद्घाटन गरेको छ ।  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल  ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।  जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।   ...
पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो? तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बुन्दै थिए, जसको तल्लो भागमा ट्याग झुन्डिएको थियो- रिभाइभ। रिभाइभ, अर्थात् कुनै कुरामा फेरि प्राण भर्नु वा पुनर्जीवित तुल्याउनु। असनस्थित ‘अपसाइकल नेपाल’ ले करिब आठ महिनादेखि पुराना जिन्सका कपडामा प्राण भर्ने काम गर्दै छ। पुष्पा स्थापित र राजन चक्रधारद्वारा सञ्चालित ‘अपसाइकल नेपाल’ ले पुराना जिन्सबाट ल्यापटप र ट्याब्लेट कभर, कि-रिङ र क्यामरा राख्ने झोला बनाउँदै आएको छ। घर-घरबाट त्यसै मिल्किने पुराना जिन्स बटुलेर नयाँ प्रयोगमा ल्याउनु उनीहरूको उद्देश्य हो। ...
दशैँ: टीकाको अर्को आकर्षण आशीर्वाद पनि, टीका लगाइदिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

दशैँ: टीकाको अर्को आकर्षण आशीर्वाद पनि, टीका लगाइदिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

SYM शुद्ध सकारात्मकता, देश, समाचार
दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ। स्रोत अस्पष्ट आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने। शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवतां क...
भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

आर्थिक
एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्। दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए। तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। "मैले नजितेको भए हुन्थ्यो," उनले भने, "बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।" अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो। अनुप के भन्छन्? उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त...
अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अर्थतन्त्र, आर्थिक
विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो र येन आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पार्नेछ। डलर कति बलियो बनेको छ? अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स (डीएक्सवाई) सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। एक दिनारको मूल्य रु ४०० भन्दा बढी, डलर र पाउन्डभन्दा किन महँगोनेपालको विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन्? यो मापनका आधारमा डलर २० वर्षयताकै उच्च बिन्दुमा छ। डलर किन यति बलियो भएको हो? अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ। त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यस...
यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय

यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय

SYM शुद्ध सकारात्मकता
काठमाडौं । मनकारी पनि छ यो सहर । यस सहरले हुनेखाने मात्र होइन, गरिखानेलाई पनि आश्रय दिएको छ । महंगी र खर्चिलो बजारले यहाँ ढाड थिचेको मात्र छैन, सस्तो मूल्यमा पाइने भरपेट खानाले पेट उकासिदिएको पनि छ । सहरमा दैनिक ज्यालादारी गर्नेहरु हुन् वा न्यून आय आर्जन भएकाहरु, उनीहरुले भोकै बस्नुपर्ने बाध्यता भने छैन । यहाँ कतिपय यस्ता भोजनालय छन्, जसले सस्तो मूल्यमा थालभरि खाना पस्किने गरेका छन् । दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालय, महाबौद्ध काठमाडौंको महाबौद्धमा रहेको दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालयमा सोमबार बिहान ११ बज्दा पुग्दा होटलका सबै टेबुल भरिभराउ थिए । होटलमा खाना खाने आउने जाने सर्वसाधारणको भीड थियो । होटलमा साहुनीले खाना पस्किरहेकी थिइन् भने सहयोगीले खाना टेबुलसम्म पुर्‍याउने काम गरिरहेका थिए । र, सञ्चालक इन्द्र श्रेष्ठ ढोका बाहिर उभिएर खानाको पैस...
हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

विचार, विचार
त्यो बेलाको दशैं असाध्यै रमाइलो । दशैं कहिले आउँछ होला ? नयाँ लुगा कहिले लगाउन पाइएला ? टन्न मासु कहिले खान पाइएला ? यस्तो कौतुहलता बोकेर हामी दशैंको दिनगन्ती गरिरहेका हुन्थ्यौं । दशैंमा बल्लबल्ल नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यसबेला नयाँ लुगाको बास्ना कम्ता मन पर्दैनथ्यो । भान्सामा मीठोमसिनो पाक्ने चाड पनि दशैं । टन्न मासु खान पाइने लोभ हुन्थ्यो । त्यसबेला मात्र हाम्रो भान्सामा चामलको भात पाक्थ्यो । वर्षमा यदाकदा मात्र चामलको भात खान पाउँदा त त्यो उल्कै मीठो हुने नि । अहिले पो सहरमा ढिंडो खोज्दै हिंडिन्छ । त्यसबेला चाहिं ठीक उल्टो थियो । पहिले पहिले घरमा मकैको भात वा ढिंडो मात्र पाक्ने । ढिंडो र मकैको भात खाँदा–खाँदा वाक्क भएर चामलको भात खोजिन्थ्यो । अनि त्यो अवसर चाहिं दशैंमा जुथ्र्यो । अहिले खाजामा चिउरा भन्नासाथ हामी मुख बिगार्छौं । त्यसबेला चिउरा भनेको खास ह...
यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

अर्थतन्त्र, आर्थिक, विचार, विचार
अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् । यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्र...