२०८२ पुष ५

Author: admin

दशैँ: टीकाको अर्को आकर्षण आशीर्वाद पनि, टीका लगाइदिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

दशैँ: टीकाको अर्को आकर्षण आशीर्वाद पनि, टीका लगाइदिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

SYM शुद्ध सकारात्मकता, देश, समाचार
दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ। स्रोत अस्पष्ट आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने। शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवतां क...
भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

आर्थिक
एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्। दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए। तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। "मैले नजितेको भए हुन्थ्यो," उनले भने, "बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।" अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो। अनुप के भन्छन्? उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त...
अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो, यसको प्रभाव कहाँकहाँ पर्छ

अर्थतन्त्र, आर्थिक
विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो र येन आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पार्नेछ। डलर कति बलियो बनेको छ? अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स (डीएक्सवाई) सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। एक दिनारको मूल्य रु ४०० भन्दा बढी, डलर र पाउन्डभन्दा किन महँगोनेपालको विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन्? यो मापनका आधारमा डलर २० वर्षयताकै उच्च बिन्दुमा छ। डलर किन यति बलियो भएको हो? अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ। त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यस...
यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय

यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय

SYM शुद्ध सकारात्मकता
काठमाडौं । मनकारी पनि छ यो सहर । यस सहरले हुनेखाने मात्र होइन, गरिखानेलाई पनि आश्रय दिएको छ । महंगी र खर्चिलो बजारले यहाँ ढाड थिचेको मात्र छैन, सस्तो मूल्यमा पाइने भरपेट खानाले पेट उकासिदिएको पनि छ । सहरमा दैनिक ज्यालादारी गर्नेहरु हुन् वा न्यून आय आर्जन भएकाहरु, उनीहरुले भोकै बस्नुपर्ने बाध्यता भने छैन । यहाँ कतिपय यस्ता भोजनालय छन्, जसले सस्तो मूल्यमा थालभरि खाना पस्किने गरेका छन् । दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालय, महाबौद्ध काठमाडौंको महाबौद्धमा रहेको दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालयमा सोमबार बिहान ११ बज्दा पुग्दा होटलका सबै टेबुल भरिभराउ थिए । होटलमा खाना खाने आउने जाने सर्वसाधारणको भीड थियो । होटलमा साहुनीले खाना पस्किरहेकी थिइन् भने सहयोगीले खाना टेबुलसम्म पुर्‍याउने काम गरिरहेका थिए । र, सञ्चालक इन्द्र श्रेष्ठ ढोका बाहिर उभिएर खानाको पैस...
हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

विचार, विचार
त्यो बेलाको दशैं असाध्यै रमाइलो । दशैं कहिले आउँछ होला ? नयाँ लुगा कहिले लगाउन पाइएला ? टन्न मासु कहिले खान पाइएला ? यस्तो कौतुहलता बोकेर हामी दशैंको दिनगन्ती गरिरहेका हुन्थ्यौं । दशैंमा बल्लबल्ल नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यसबेला नयाँ लुगाको बास्ना कम्ता मन पर्दैनथ्यो । भान्सामा मीठोमसिनो पाक्ने चाड पनि दशैं । टन्न मासु खान पाइने लोभ हुन्थ्यो । त्यसबेला मात्र हाम्रो भान्सामा चामलको भात पाक्थ्यो । वर्षमा यदाकदा मात्र चामलको भात खान पाउँदा त त्यो उल्कै मीठो हुने नि । अहिले पो सहरमा ढिंडो खोज्दै हिंडिन्छ । त्यसबेला चाहिं ठीक उल्टो थियो । पहिले पहिले घरमा मकैको भात वा ढिंडो मात्र पाक्ने । ढिंडो र मकैको भात खाँदा–खाँदा वाक्क भएर चामलको भात खोजिन्थ्यो । अनि त्यो अवसर चाहिं दशैंमा जुथ्र्यो । अहिले खाजामा चिउरा भन्नासाथ हामी मुख बिगार्छौं । त्यसबेला चिउरा भनेको खास ह...
यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

अर्थतन्त्र, आर्थिक, विचार, विचार
अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् । यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्र...
यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

नेपाली ब्रान्ड
यती एयरलाईन्सले हवाई सेवाको २४ वर्ष पुरा गरेको छ । तत्कालीन हवाई विभागबाट यतीले १९९८ मे महिनामा व्यापारिक उडानको अनुमति पाएको थियो । कम्पनीले पहिलो उडान भने २१ सेप्टेम्बर १९९८ मा गरेको थियो । यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वाषिर्कोत्सवका रुपमा मनाउने गरेको छ । नेपालमा हवाई सेवाको विकासमा महत्वपूर्ण योगदान रहेको यस एयरलाइन्सको सुरुवात २ वटा टि्वनअटर वायुयानबाट भएको थियो । २४ वर्षे यात्राको दौरानमा यो कम्पनीसँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयानबाट उडान गरेको अनुभव छ । कम्पनीले डीएचसी-६ ३०० टि्वनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० टि्वनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । अहिले ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि...
कापी च्यातेर बनाइएको चंगा र दक्षिणाको पैसाले गुच्चा खेल्दा

कापी च्यातेर बनाइएको चंगा र दक्षिणाको पैसाले गुच्चा खेल्दा

SYM शुद्ध सकारात्मकता
दशैंले मलाई सधैं मेरो बाल्यकालमा फर्काउँछ । मंगल धुन बज्न थालेसँगै मेरो स्मृतिले मलाई बारा जिल्लाको स्याउली चोक पु¥याउँछ । त्यो सानो बस्ती, स–साना दोकान । लहलह झुलिरहेका धान । बेपर्वाह खेलिरहेका बालसखाहरु । त्यो गुच्चा, त्यो लंगुरबुर्जा, त्यो पिङ । सुकिलो मौसम । अनि शरद् ऋतुमा बहने हावाको शीतल स्पर्श । दशैंको बेला गाउँघरको चमक त्यसै बढ्ने रहेछ । टाढाटाढा पुगेकाहरु गाउँ फर्कने । गाउँमा सबै जना आफन्त, इष्टमित्र भेट हुने । मान्छेहरुको जमघट बढेपछि केटाकेटीलाई यसै रमाइलो । त्यसमाथि विद्यालयको लामो बिदा पनि । दशैं आउनुअघि नै हामी दिनगन्ती सुरु गरिसकेका हुन्थ्यौं । दशैंको कञ्चन सफा मौसममा चंगा उडाउने खुब रहर हुन्थ्यो । तर तयारी चंगा किन्ने पैसा हुँदैनथ्यो । घरमै बनाउन नसकिने । अनि कापी पाना च्यातेर भातको सिताले टाँसेर चंगा बनाइन्थ्यो । धागो पनि जोडजाड गरिन्थ्यो । लट्टा...
बैंकिङ्ग क्षेत्रमा बढेका पाइला  : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ्ग क्षेत्रमा बढेका पाइला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

SYM Poetry Competition 2077, आर्थिक, विचार, विचार
पचास वर्ष अघि बीस वर्ष उमेर नपुग्दै आजको दिन ( २०२९ असोज ५ गते ) देशको केन्द्रीय बैंक " नेपाल राष्ट्र बैंक " को सेवामा खुला प्रतिस्पर्धाको माध्यमबाट जोडिएको थिए । शिक्षाको महत्त्व : बिरगंज स्थित ठाकुर राम कलेजमा आइ एस्सि पढ्दा पढ्दै जागिर त शुरु गरे तर पढाइलाई निरन्तरता नदिएको कारण बढुवामा निकै पछाडी परेको थिएँ । पछि प्राइभेट परिक्षार्थिको रूपमा प्रमाणपत्र तह र स्नातक गरि १४ वर्ष पछि मात्र प्रधान सहायक पदमा बढुवा हुन सकेको थिएँ । काममा दिनुपर्ने ध्यान : त्यस भन्दा अघि जागीर खाएको एक वर्ष नगुग्दै भारु सटही काउन्टरमा काम गर्दा आफ्नै असावधानीवश करिब रु ६ हजार जति नगद कम भै सोधभर्ना तिर्नु पर्दा केही आर्थिक संकट परेको तितो अनुभव व्यहोर्नुपरेको थियो । वृत्ति विकासको खोजी: जिल्ला स्थित शाखा कार्यालयमा काम गर्दा अपेक्षित वृती विकास नहुने देखेर २०४५ साल तिर केन...
बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध नाट्टा गण्डकी द्वारा अन्तर्कृया कार्यक्रम

बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध नाट्टा गण्डकी द्वारा अन्तर्कृया कार्यक्रम

देश, सामाजिक
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा शक्ति समुह, काठमाडौंको सहयोगमा "बाल संरक्षण तथा मानव बेचबिखन विरुद्धको सबाल" शीर्षकमा अन्तर्कृया र छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईको प्रमुख आतिथ्यताका साथै पोखराका कृयाशिल पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, पर्यटन प्रहरी प्रमुख (कास्की) , सामुदायिक सेवाकेन्द्र अध्यक्ष (बैदाम) तथा नाट्टा गण्डकीका सदस्यहरुको बाक्लो उपस्तिथि रह्यो। लेकसाइडको ढुक-ढुकी टीका रिसोर्टको सभाहलमा सम्पन्न कार्यक्रममा समग्र बिषयबस्तु माथि शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले सबैलाई प्रकाश परिन्। भदौ २९ गते बाल दिवस र यो बर्षको नारा “बाल मैत्री समाजको आधार:जिम्मेवार परिवार, उत्तरदायी सरकार” भएकाले यो कार्यक्रम समय सान्दर्भिक...