जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड
तपाईंलाई कटन अर्थात् सुतीका गुणस्तरीय तन्ना, पर्दा, सिरानीका खोल, बेबी–बेडिङ इत्यादि चाहिएको छ? सिरक, ब्ल्यांकेट, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलमा राख्ने कभर पनि चाहिएको छ कि!
छ भने तपाईंको आवश्यकता पूरा गर्छ ललितपुरको 'कटन मिल' ले।
कटन मिलका सञ्चालक हुन् दिदीबहिनी प्रशन्ना बस्नेत र प्रियंका बस्नेत। उनीहरू बजारबाट सुतीको सेतो कपडा किन्छन् र त्यसमा बुट्टा छापेर विभिन्न डिजाइनका घरायसी कपडा तयार गर्छन्।
कटन मिलमा घरमा प्रयोग हुने प्रायः सबै किसिमका कपडा पाइन्छन्। गज्जब के छ भने सबै उत्पादन स्वदेशी हुन्। कटन मिलको कारखाना ललितपुरको थेंचोमा छ। बिक्रीका लागि ललितपुरकै सानेपा र काठमाडौंको रातोपुलमा शोरूम छन्।
प्रशन्नाका अनुसार कटन मिलको उत्पादन राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारले पनि रूचाएको छ।
'पाँच वर्षयता हाम्रो उत्पादनले स्वद...









