१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’
२७ असोज, काठमाडौं । मा काठमाडौं कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ ।
काठमार्डौमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आर्ठौ कार्यक्रम हो, जसमा काठमाडौं वाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ सहित १०० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टममा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आ...









