२०८३ बैशाख २५

SYM शुद्ध सकारात्मकता

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सृष्टि शेरचन इम्ब्रोइडरी अर्थात् सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कला।  यो कला संसारका जुनैकुनामा चर्चित छ। यसको सुरूआत कहाँ र कसरी सुरू भयो भन्नेबारे स्पष्ट जानकारी भने छैन। इतिहासमा इम्ब्रोइडरी तेह्रौं शताब्दीतिर चीनमा भेटिएको रेकर्ड छ।  त्यो बेलादेखि अभ्यास गरिएको इम्ब्रोइडेरी अझै पनि हस्तकला क्षेत्रमा विशेष मानिन्छ। विश्व बजारमा यो काम र कलालाई कदर गरिन्छ र यसका लागि मानिसहरू पैसा खर्चिन पनि तयार हुन्छन्। Advertisement यो कलालाई आगामी पुस्तासम्म अगाडि बढाउन विदेशमा कतिपय विद्यालयले इम्ब्रोइडरीलाई पाठ्यक्रममै राखेका छन्। यही इम्ब्रोइडरीलाई नेपालमा नयाँ पुस्ताकी सृष्टि शेरचनले 'हातको कला' बाट चिनाइरहेकी छिन्।  २३ वर्षीया सृष्टिलाई पनि यसको मोह भने विदेश हुँदै पलाएको हो। परिवारसँग सिंगापुर पुगेकी उनी त्यहीँ बसेर पढ्...
‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
निखिल सापकोटा आइटीका विद्यार्थी हुन्। २५ वर्षीय उनलाई सानैदेखि कम्प्युटरमा काम गर्ने रहर थियो। त्यतिबेला वेब-डिजाइन क्षेत्र बिस्तारै उदाउँदै थियो र यो काममा धेरै मान्छे संलग्न थिएनन्। निखिल अमेरिकाका ठूला सूचना-प्रविधि कम्पनीमा काम गर्ने सपना देख्थे। सपना साकार पार्न वेब-डिजाइनिङबारे घरमै अध्ययन गर्न थाले। केही काम सिके पनि। उनी १४ वर्षकै हुँदा पाकिस्तानको एउटा टेलिकम कम्पनीमा जागिरका लागि आवेदन दिए। निखिलका अनुसार उनले जागिर पनि पाए। त्योबेलै दस हजार तलबमा। त्यसलगत्तै उनले अन्य थुप्रै विदेशी कम्पनीमा वेब-डिजाइनरका रूपमा काम गर्न थाले। Advertisement लामो समय एउटै क्षेत्रमा काम गरिरहेका उनको मनले भने नयाँ काम खोजिरहेको थियो। राम्रो विदेशी कम्पनीमा राम्रै तलब खाइरहँदा पनि उनलाई सधैं अर्काका लागि काम गर्...
२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
ओ माई ह्यान्डमेडकी सञ्चालक सुष्मा कार्की।  नयाँ बानेश्वरको एउटा सानो पसलले हरेक बटुवाको ध्यान तान्छ।  यहाँ चित्रकलाले भरिएका स-साना क्यानभास, मोबाइलका खोल, टोट ब्याग (झोला) र सिरानीका खोलहरू राखिएको छ। योसँगै केही कप र घरभित्र राखिने बिरूवाहरूले पसल सजिएको छ।  सानो भए पनि पसलको सजावट लोभलाग्दो छ। पसलको नाम हो 'ओ माई ह्यान्डमेड'।  ओ माई ह्यान्डमेड यस्तै चिटिक्क परेका, हातैले बनाइएको सामग्रीहरू पाइने थलो हो। पसल एवम् यो व्यवसायका सञ्चालक हन् २४ वर्षीया सुष्मा कार्की।  Advertisement पसल चलाउने मात्रै होइन, ओ माई ह्यान्डमेडमा उपलब्ध हरेक सामान सुष्मा आफैं बनाउँछिन्। विगत सात वर्षदेखि सञ्चालित ‌ओ माई ह्यान्डमेडको यो पसल भने गत भदौमा मात्र खुलेको हो। 'पहिले ओ माई ह्यान्डमेड अनलाइनमा मात्र केन्द्रित थियो। ग्राहकसँग सोधपुछ गर्दा धेरैको प...
जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट

जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट

SYM शुद्ध सकारात्मकता
"जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट"भन्ने मुल नारालाई आत्मसमर्पण गर्दै अघि बढेको मिसन टु सपोर्ट नामक सामाजिक संस्थाले विवाह पन्चमीको अवसर पारेर प्रसिद्ध धार्मिक स्थल जनकपुरधाममा बृहत सरसफाइ अभियान सन्चालन गरेका छन्। Advertisement संस्थाका सदस्य आयुष बडालले आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सके सम्म फोहोर नै नगरौं,फोहोर भइहालेछ भने पनि सफा गरौं भन्ने शिक्षा दिन र गाउँ सहर तथा महत्त्वपूर्ण धार्मिक तथा सास्कृतिक स्थललाई सफा राखौं भन्ने हेतु ले यो सरसफाइ अभियान सन्चालन गरेको जानकारी दिए । उनले थपे,"हरेक सकारात्मक कामको थालनी आफै बाट गर्नुपर्छ भन्ने लागेर हामीले सरसफाइ अभियान चलाएका हौं।यो अभियान विभिन्न ठाउँ सम्म पुग्ने छ।" संस्थाका संस्थापक अटिट बेलबासेले यो सरसफाइ अभियानले सबै प्रदेश,जिल्ला र स्थानीय तहलाई समेट्ने कुरा बत...
तपाईं जस्ता सफल र कर्मठ व्यक्तिलाई हामी देश सामु चिनाउने छौ : SYM NETWORK

तपाईं जस्ता सफल र कर्मठ व्यक्तिलाई हामी देश सामु चिनाउने छौ : SYM NETWORK

SYM शुद्ध सकारात्मकता, विज्ञापन
नेपाल भरी यस्ता सयौँ व्यक्ति र संस्था हरु छन जसका काम उच्च स्तरका छन तर ओझेलमा पर्दै आएका छन। सामाजिक सञ्जाल र टिकटको जमानामा कैयौ यस्ता व्यक्ति छन जसका क्रियाकलापले क्षणिक मनोरञजन बाहेक केही विशेष उपलब्धि हुँदैन। तर उनीहरू नै चर्चाको शिखरमा हुन्छन्। बर्षौं देखि आफ्नो काममा निरन्तर लागि, थोर बेसलाई रोजगारी दिएर राम्रो उद्यम र कर्म गर्दै आएका व्यक्तिहरु मन कस्तो कटक्क खादो हो। देश र समाजको विकास मा यसरी योगदान पुगाउँदै आएका र ओझेलमा परेका पात्र हरुका लागि हामी प्रस्तुत गर्दछौ : SYM कर्मशील PR Package यस SYM कर्मशील PR Package एक यस्तो प्रभावकारी सेवाहरूको मिश्रण हो जसले तपाईं र तपाईंको संस्थाले गरेका कामलाई देश भर सकारात्मक सन्देशका साथ पुर्याउने छ। हाम्रा सेवा हरु दुई समूहमा विभाजित छन्। तपाईंलाई देश सामु चिनाउन यी सेवा हरु मध्ये आफूलाई "बेस्ट" हुने सेवा हरु...
पठाओ चलाएरै धानिएको छ बस्नेत दम्पतीको घर

पठाओ चलाएरै धानिएको छ बस्नेत दम्पतीको घर

SYM शुद्ध सकारात्मकता
जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ। रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सकेनन्। Advertisement त्यसपछि ललितपुरको एउटा निजी संस्थामा सात वर्ष काम गरे।  'शारीरिक रूपमा अशक्त भए पनि म बाँचुञ्जेल आफ्नै पाखुरा बझारेर खान चाहन्छु,' रघुनाथ भन्छन्। त्यसैले उनले जीवन ह्विलचेयरमा मात्र बिताएनन्। १३ वर्षदेखि चारपांग्रे स्कुटर पनि गुडाइरहेका छन्। १३ वर्षअघि रातो रङको प्लेजर स्कुटर थियो रघुनाथसँग। भक्तपुर घरबाट पुल्चोकस्थित कार्यालय जान-आउन मात्र चलाउँथे। घर वरपर ह्विलचेयरमै गुड्छन्। ह्विलचेयरम...
५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
धेरैले भनेको सुनेका छौं- चकलेट त विदेशी मात्र मिठो! हुन पनि गुणस्तरीय चकलेट किन्न जानुभयो भने विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!  तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ। यस्तैमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड 'येजु'को। येजु २४ वर्षीय सौरभमणि शाक्य र २१ वर्षीया सलोनीदेवी शाक्यको मेहनतको उपज हो। सलोनीदेवी शाक्य र सौरभमणि शाक्य यो ब्रान्डअन्तर्गत मार्समेलो ह्वाइट, ब्लुबेरी, रास्पबेरी, क्र्यानबेरी, डार्क, लगायत गरी २२ स्वादका चकलेट पाइन्छ। भेगन चकलेट र धेरै गुलियो मननपर्ने तथा मधुमेह भएका व्यक्तिका लागि ५०, ६० र ७० प्रतिशत कोकोआ&nb...
जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
झन्डै एक दशकको जागिरे दैनिकी छाडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन्। अर्ती 'काप क्रिएसन्स' की सञ्चालक हुन्। काप क्रिएसन्स यस्तो ठाउँ हो जहाँ घरायसी प्रयोजनका कपडा, जस्तै तन्ना, सिरानीको खोल, खास्टो, तौलियालगायत कपडाहरू पाइन्छ। यी सबै नेपालमै बनेका हुन्। अर्ती कुनै पूर्व-योजना लिएर व्यवसायमा होमिएकी होइनन्। उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन्। 'जागिरमा आफूले भने जस्तो हुन्थेन। त्यसैले आफ्नै केही गर्ने सोचेँ,' काप क्रिएसन्स सञ्चालनको आइडियाबारे उनी भन्छिन्, 'घरको हरेक कुनामा कपडा हुन्थ्यो। बरू यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचेँ।' घरमा कपडा थुप्रिनुको कारण उनको पुर्ख्यौली पेसा हो। उनका बुवा थैबस्थित हिमा टेक्सटाइल कारखानाका सञ्चालक हुन्। यो कारखाना अर्तीका हजुरबुवाले स्थापना गरेका हुन्। त्यसैले...
तीन लाखबाट सुरू गरेका थिए, अहिले दर्जन बढी कम्पनीमा ४ अर्ब लगानी

तीन लाखबाट सुरू गरेका थिए, अहिले दर्जन बढी कम्पनीमा ४ अर्ब लगानी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, देश, समाचार
व्यवसायमा सुरूमै ठूलो लगानी गर्ने पुँजी सबैसँग हुँदैन। भएको थोरै लगानीबाट थालेर पुँजी बढाउँदै लैजान सकिन्छ। यसैको उदाहरण हुन् हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा। जम्मा तीन लाख रूपैयाँ लगानी गरी मोटरसाइकल रिकन्डिसन सेन्टरबाट उनले व्यवसाय सुरू गरेका थिए। अहिले दर्जन बढी कम्पनी सम्हालिरहेका छन्। 'हिमालयन अर्गनाइजेसन छाता संस्था हो। यसभित्र घरजग्गा, होटल/हस्पिटालिटी, अटोमोबाइल्स, इञ्जिनियरिङ गरी १५ भन्दा बढी कम्पनी छन्,' थापाले भने, 'मेरो एकल लगानी मात्रै चार अर्ब रूपैयाँ नाघिसकेको छ।' रिकन्डिसन सेन्टरबाट व्यापारिक समूहसम्म आइपुग्न थापाले थुप्रै अप्ठ्यारा पार गरे। सबै परिस्थितिसँग सामना गर्ने ऊर्जा भने सानै उमेरदेखि आफूमा भएको नयाँ सोचले दिएको बताउँछन् उनी। पोखराका थापाले १७ वर्षको उमेरमै रिकन्डिसन सेन्टर सुरू गरेका हुन्। Advertise...
प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने, चार ठाउँमा खोप केन्द्र

प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने, चार ठाउँमा खोप केन्द्र

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको बताए। Advertisement ‘खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो हुन्छ।’ विद्यार्थीहरूलाई भेरोसेल वा अस्ट्राजेनिकामध्ये खोपको पहिलो मात्रा लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ। सूचना हेर्नुहोस्: प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिल...