२०८३ बैशाख २५

SYM शुद्ध सकारात्मकता

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
घरको अचार' ब्रान्डमार्फत् अचार व्यवसाय गरिरहेका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठ। तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। Advertisement 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनी...
आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनीहरू मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछन्। यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ। डल्ले खुर्स...
२४ वर्षीय सुजनको हुटहुटीले खुलेको ‘चियापार्क’

२४ वर्षीय सुजनको हुटहुटीले खुलेको ‘चियापार्क’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
हामीमध्ये धेरैको बिहान चियाबाट सुरू हुन्छ। दिउँसो पनि नभइ हुँदैन। कसैको त सुत्ने बेला पनि चिया खाने बानी हुन्छ। यस्तै केही पारखीलाई त चियाले व्यवसायतिरै तानेको पनि छ। तिनैमध्ये एक युवा हुन् काठमाडौंका सुजन कायस्थ। चाबहिल, गोपीकृष्णमा उनको साथीहरूको चिया पसल छ। हरेक बिहान क्याम्पस जाँदा साथीको पसल छिर्थे। चिया पिउँथे। गफ गर्थे। Advertisement त्यहाँ उनले आफूजस्तै चियापारखी देख्थे। युवाहरूको चियाप्रति रूचि र आकर्षण नियाल्थे। त्यतिबेलै हो उनलाई पनि भविष्यमा कफी वा चिया पसल खोल्ने सोच फुरेको। 'साथीहरूको चियापुर नामको पसल छ। त्यहाँ धेरै स्वादका चिया पिएको थिएँ। त्यहाँ पारखीहरूको जमात देख्थेँ। त्यसैले यही व्यवसायमा लगानी गर्छु भन्ने लागेको थियो,' सुजनले भने। पसल खोल्ने सोचे पनि कहिले र कुन ठाउँमा भन्नेबारे उनले योजना बनाएक...
पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
उनले जम्मा दस हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुन् यो व्यवसाय 'कति कुरा...', 'सम्झना', 'मःम माया', 'नोस्टाल्जिया'।  'घरमै प्रोडक्सन'ले करिब एक वर्षदेखि आफ्ना साना रंगीन नोटबुकलाई चिटिक्क परेका चित्रसहित यस्ता शब्दहरूले सजाएको छ। यी शब्दले युवाहरूको भाव झल्काउँछ र हरेक नोटबुकको डिजाइनपछाडि अर्थ लुकेको पाइन्छ। 'क्युट' नोटबुक, बुकमार्क र गितार जर्नल घरमै प्रोडक्सनका विशेष उत्पादन हो। यसबाहेक ब्रान्डकी सञ्चालक अनुग्रह घलेको मुख्य ध्यान भने आफ्ना उत्पादनमार्फत कलाकारका मौलिक सीप चिनाउनु हो।  बजारमा अरू कलाकारका चित्र चोरेर त्यसलाई स्टिकर वा लुगाहरूमा प्रयोग गर्ने काम अनुग्रहलाई चित्त बुझ्दैन। विदेशमा गैरकानुनी मानिने यस्तो काम हामीकहाँ कुनै डरधक गरेको देख्दा उनलाई दिक्क लाग्छ। त्यसैले उनी नयाँ काम गरेर यो प्रवृत्तिमा परिवर्तन खोजिरहेकी थिइन्।  यस...
३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै। पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ। सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन।  नेपालमै मकैबाट कर्नफ्लेक्स उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। यसमध्ये लोकप्रिय कम्पनी हो 'हाइलाइफ'।  कम्पनीका सञ्चालक प्रशान्त घिमिरे भन्छन्, 'हाइलाइफ भनेको हाइयर द्यान टुडे अर टुमरो हो। ब्रान्डको सन्देश यही हो- उच्चस्तरको।' हाइलाइफले सन् २०१८ मा कर्नफ्लेक्सको व्यावसायिक उत्पादन थालेको हो। तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ तीन वर्षम...
‘विदेशमाजस्तो दुःख  गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

SYM शुद्ध सकारात्मकता
गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालन सुरु गरेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।  Advertisement गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन् । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । उनले  व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन् ।  व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगालेका छन् । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरेका ...
जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

SYM शुद्ध सकारात्मकता
पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ 'बोसा'। बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्। Advertisement उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्। भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्। 'गमला र फू...
मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

SYM शुद्ध सकारात्मकता
आजकालको फेसन हो, अलिकति छोटो प्यान्टमा मोजा देखाएर जुत्ता लाउनु। विशेषगरी युवा पुस्ताको रोजाइ। तर भनेजस्तो राम्रो र स्टाइलिस मोजा हत्तपत्त पाइँदैन। विदेशबाट ल्याइएका मोजाले धेरै नेपाली युवाको मन जित्दैन।  २५ वर्षीय सोनाम शेर्पालाई पनि यही कुराले मन खुचखुच भइरहेको थियो।  Advertisement 'अचेल मोजा देखाएर लगाउने ट्रेन्ड छ। युवा पुस्ताले त मोजा देखाउनकै लागि लुगाको स्टाइल मिलाएको पाइन्छ,' सोनाम फेसन ट्रेन्डबारे भन्छन्, 'विदेशतिर यो पहिल्यैदेखिको फेसन हो। नेपालमा भर्खरै भित्रिँदैछ।' फेसनअनुसार चल्न मन भइसक्यो, तर त्यहीअनुसार डिजाइनका मोजा नपाइने, पाए पनि गुणस्तरीय नहुने! सोनामले बजार र उपभोक्ताको यही समस्या केलाए। समस्या केलाएर मात्र सल्टिँदैन, पहल गर्नुपर्छ भन्ठाने। अनि २०७६ असोजदेखि उनले मोजाको नेपाली ब्रान्ड नै...
अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

SYM शुद्ध सकारात्मकता, अन्तर्वार्ता, कर्पोरेट
अनिल केशरी शाह बारे लेखिरहँदा परिचय खुलाउनु आवश्यक छैन। एक उपनाम नै काफी छ : बादशाह अफ बैंकिङ । यक्ष प्रश्नको साप्ताहिक बुधवार आउने अन्तरवार्ता कार्यक्रमका अतिथि स्वरूप अनिल शाहले मन खोलेर कुरा गरेका छन्। निक्कै प्रेरक प्रसङ्ग र राजेन्द्र बानियाको जोरदार प्रश्न गर्ने शैलीले गर्दा यो श्रृङ्खला सर्वाधिक मनपराइएको छ। Advertisement कुराकानी कै क्रममा अनिल शाहले अमेरिकामा पठन पाठन गर्ने क्रममा कलेज क्यान्टिनको भुई पुछिरहादा साथीहरुले देखेको दृष्टान्त सुनाए। त्यो घटनालाई गहिरो समीक्षा गर्दा श्रम सम्मानको ठूलो पाठ सिक्न सकिन्छ। अनिल शाहको हरेक कुरा र कार्य सुन्दा र हेर्दा हामीलाई गर्व लाग्छ : अनिल शाह पहिलो SYM Inspiration of the Month हुन्। पूर्ण प्रेरक अन्तरवार्ता - यक्ष प्रश्नमा "बादशाह अफ बैंकिङ" अनिल केशरी शाह : https://www.yo...
दुधे बालक च्यापेर मैदानमा

दुधे बालक च्यापेर मैदानमा

SYM शुद्ध सकारात्मकता, खेलकुद
लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।  प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’ Advertisement उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोग...