अमेरिकामा पिएचडी गरे, नेपालमा फलाउँदै छन् स्वादिलो स्ट्रबेरी
हामीमध्ये धेरैले आइसक्रिम, जुस, चकलेट, ब्राउनी जस्ता विभिन्न खानेकुरा स्ट्रबेरी स्वादमा रूचाउँछौं। यो स्वादको माग हामीकहाँ मात्र होइन, विश्वभरि नै धेरै छ। अझ फलफूलकै रूपमा सिधै खाइने स्ट्रबेरीको त कुरै नगरौं!
यति धेरै माग भएको स्ट्रबेरी नेपालमा फलाउन यहाँको माटो उपयुक्त रहेको विज्ञहरू बताउँछन्। हामीले स्ट्रबेरी धेरै परिमाणमा उत्पादन गर्न सक्यौं भने अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने राम्रो सम्भावना भएको उनीहरूको भनाइ छ।
तर नेपालमा स्ट्रबेरीबारे धेरै अध्ययन भएको छैन। सुरूआतमा जैती नेपाल भन्ने एउटा परियोजनाले जापानको आर्थिक सहयोगमा स्ट्रबेरीका छवटा बिरूवा ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि विस्तारै यो व्यवसायिक बन्दै गयो। तर नयाँ जात विकास हुन सकेको छैन।
Advertisement
सरकारले अनुसन्धानमा चासो नदेखाउनु र दक्ष जनशक्ति विदेश पलायन हुन...









