२०८१ बैशाख १३

जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट

“जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट”भन्ने मुल नारालाई आत्मसमर्पण गर्दै अघि बढेको मिसन टु सपोर्ट नामक सामाजिक संस्थाले विवाह पन्चमीको अवसर पारेर प्रसिद्ध धार्मिक स्थल जनकपुरधाममा बृहत सरसफाइ अभियान सन्चालन गरेका छन्।


Advertisement


संस्थाका सदस्य आयुष बडालले आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सके सम्म फोहोर नै नगरौं,फोहोर भइहालेछ भने पनि सफा गरौं भन्ने शिक्षा दिन र गाउँ सहर तथा महत्त्वपूर्ण धार्मिक तथा सास्कृतिक स्थललाई सफा राखौं भन्ने हेतु ले यो सरसफाइ अभियान सन्चालन गरेको जानकारी दिए ।

उनले थपे,”हरेक सकारात्मक कामको थालनी आफै बाट गर्नुपर्छ भन्ने लागेर हामीले सरसफाइ अभियान चलाएका हौं।यो अभियान विभिन्न ठाउँ सम्म पुग्ने छ।” संस्थाका संस्थापक अटिट बेलबासेले यो सरसफाइ अभियानले सबै प्रदेश,जिल्ला र स्थानीय तहलाई समेट्ने कुरा बताए।

Copy link
Powered by Social Snap