आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?
१६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने बिक्री खुला गरेको हो ।
लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६...









