२०८० चैत्र १६

पीएलओले आईपीओ जारी गर्ने




१९ माघ, विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।


Advertisement


मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ ।



४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

Copy link
Powered by Social Snap