२०८१ बैशाख १४

शेयर बजार

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन । सामान्यतया अर्थमन्त्रीको नियुक्ति र बर्हिगमनमा बजार कि त ज्यादा चम्कने कित ज्यादा घट्ने गरेकोमा पौडेलको आगमनलाई सेयर बजारले खुलेर स्वागत गर्न नसकेको आजको कारोबारबाट देखिन्छ ।  बजार खुलेको केही समय नेप्से आकर्षक ढंगले चम्किएको भए पनि विस्तारैे गति सुस्त हुदै गयोे । नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ ।  Advertisement १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी समुहको सुचक ओरालो लागेको छ ।  वाणिज्य बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ । नेपाल फाइनान्स र जनरल इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको ...
शेयर कारोबार दोहोरो अङ्कले ओरालो

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।  Advertisement ...
नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

अर्थतन्त्र, कर्पोरेट, शेयर बजार
साभार: रातोपाटी काठमाडौँ । अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो टे«डमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ । नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन् ।   ट्रेडमाकका लागि ४२ वटा चिया...
सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

अर्थतन्त्र, देश, बैँक/ बीमा, शेयर बजार, समाचार
Credit: OnlineKhabar ४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो । केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो । सिभिलका सीईओ गुरूङ सिभिल बैंक...
टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको टिएमएसमा पुन दोस्रो पटक बिग्रिएको छ । नेप्सेको टिएमएसमा कारोबार सुरु भएको सवा घन्टामा बन्द भएको थियो । दुई बजे हाराहारीमा खुलेको बजार सवा दुई देखि ५ बजेसम्मको लागि समय थप गरिएको थियो । Advertisement कारोबार समय थपेको ५ मिनेटमा पुन समस्या देखिएको छ । कारोबार खुलेको केही समयमा नै नेप्से सूचक ३ अंकले बढेको छ । ...
सुनको अण्डा पार्ने कुखुरा सरह हाइड्रोको सेयर, यी कम्पनीको सेयर किन्दा मालामाल

सुनको अण्डा पार्ने कुखुरा सरह हाइड्रोको सेयर, यी कम्पनीको सेयर किन्दा मालामाल

अर्थतन्त्र, शेयर बजार
साभार: आर्थिक सवाल काठमाडौं – नेपाल जलश्रोतको दोश्रो धनी देश हो । नेपालमा उत्पादित विद्युतले विश्वको ठूलो भागलाई उज्यालो पार्न सक्छ । त्यही भएर अहिले नपालका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको सेयर किन्न तछाड मछाड गरिरहेका छन । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले राम्रो प्रतिफल दिन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त)ले अब हाईड्रोमा लगानी गर्ने समय आएको बताएपछि हाइड्रोमा चहलपहल बढेको हो । उनले एक कार्यक्रममा ‘हाइड्रोको सेयर भएकाहरुलाई छोरी दिने अवस्था सृजना हुँदैछ’ भनेर अभिब्यक्ति दिएका थिए । उनको यही अभिव्यक्तिका कारण लागनीकर्ता आकर्षित भएका हुन । Advertisement हाइड्रोमा लगानी गर्ने यो उत्तम समय हो । किनभने अहिले प्रायजसो हाइड्रो कम्पनीको सेयर १०० हाराहारीमा । यो समयमा गरेको लगानी...
समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

शेयर बजार
साभार: आर्थिक सवाल काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीले भोली (शनिबार) आइपिओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शनिबार बाँडफाँट गर्ने तयारी गरिएको छ । तर अन्तिम निर्णय भने भइनसकेको क्यापिटलले जनाएको छ । शनिबार बाँडफाँड हुन नसकेमा आइतबार हुनेछ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार प्रिअलोटमेन्ट गर्ने योजना छ । शुक्रबार प्रिअलोटमेन्ट भएमा शनिबार बाँडफाँड हुनेछ । त्यो सम्भव नभए आइतबार हुनेछ । समाजको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । ...
Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

अर्थतन्त्र, मिश्रित, विदेश / एन.आर.एन, शेयर बजार
Credit: Forbes The world's richest person, Jeff Bezos, is wealthier than he's ever been. Early Wednesday he crossed a milestone previously unseen in the nearly four decades Forbes has been tracking net worths: With Amazon stock edging up 2% as of Wednesday afternoon, Bezos' net worth is up by $4.9 billion, making the 56-year-old the world's first-ever person to amass a $200 billion fortune. As of 1:50 p.m. EDT on Wednesday, the Amazon founder and CEO is worth $204.6 billion—nearly $90 billion more than the world's second-richest person, Bill Gates, who's currently worth $116.1 billion.  Even adjusting for inflation, Forbes believes Bezos' fortune is the largest ever tracked. The person to come closest is Gates, who was the world's first-ever centibillionaire. Near the height ...
दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

अर्थतन्त्र, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालको पुँजी बजार पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको छ । प्राथमिक बजार प्रविधिमैत्रीतर्फ उन्मुख भइरहेका बेलामा दोस्रो बजार पनि प्रविधिमैत्री बनाउनमा नेप्से लागिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारलाई प्रविधि र लगानीकर्ता मैत्री बनाउन भन्दै टीएमएसको ‘मोबाइल एप’ बनाउने भएको छ । उक्त एप एन्ड्रोइड र एप्पल दुबै मोबाइलमा उपलब्ध हुनेछ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सहजताको लागि भन्दै एप निर्माण गर्न लागिएको हो । नेप्से स्रोतका अनुसार दोस्रो बजार पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै मोबाइलबाट समेत कारोबार गर्न मिल्ने गरी एप बनाउन लागेको हो । अहिले धेरै लगानीकर्ता कम्प्युटरभन्दा पनि मोबाइलबाट बढी चलाउने रुचाउने भएकाले एप निर्माणमा नेप्सेले अग्रसरता देखाएको हो । यो एप सबै लगानीकर्ताका लागि भने अनिवार्य हुने ...
लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण

लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण

अर्थतन्त्र, शेयर बजार
साभार: रातोपाटी काठमाडौं । लिवर्टी इनर्जीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार कार्यालय समयसम्म आवेदन दिने म्यादसम्ममा १ लाख ८६ हजार आवेदकले ७१ लाख ६८ हजार १ सय १० कित्ताका लागि आवेदन गरेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।  Advertisement लिबर्टीको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर अघिल्लो साता बुधबारदेखि बिक्रीका लागि खुला गरिएको थियो ।  यो कम्पनीले अहिले बडिगाडखोलामा २४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, लमजुङको लोदोखोला साना जलविद्युत् आयोजनामा १.६ मेगावाटको आयोजना समेत निर्माण गरिरहेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैंया रहेको सो कम्पनीले जनाएको छ । यो लागत अन्य हाइड्रोपावरको तुलनामा औसत हो ।  कम्पनीले गरेको लगानी ८ वर्षमा फिर्ता भइसक्ने जनाइएको छ । अ...