नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार
७ माघ, काठमाडौं । बुधबार सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । बैंकिङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ ।
Advertisement
बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।
होटलका लगानीकर्ताले धेरै गुमाए
परि...









