२०८१ बैशाख ११

अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने




२२ पुस, काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई साढे ७ प्रतिशत बोनस सेयर दिने भएको छ । २१ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


Advertisement


कम्पनी सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३९४७ प्रतिशतनगद लाभांश प्रस्ताव गरेको छ ।



कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Copy link
Powered by Social Snap