२०८१ बैशाख १४

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?




१६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने बिक्री खुला गरेको हो ।


Advertisement


लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन हुनेछ ।



वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६ माघदेखि १ फागुनसम्म आईपीओ निष्कासन हुने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यको स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।

गत आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको सञ्चित नाफा १२ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Copy link
Powered by Social Snap