२०८२ मंसिर २२

खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

खेलकुद
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतिमा ८९ बनाउँदै लक्ष्य पूरा गर्यो । Advertisement नेपालको जितमा सुनील धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे ।  जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए ।  जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदि...
आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै 

आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै 

खेलकुद
काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ ।  Advertisement त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार पाँचौँ जित निकालेको हो । पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो ।  आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले ५ खेलमा १५ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ । पुलिसको ५ खेलमा ९ अंक रहेको छ । पुरुष तर्फको अघिल्लो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि पाँचौ जित निकालेको छ । गलकोट स्पोर्ट्स क्लबलाई पराजित गर्दै हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । हेल्पले गल्कोटमाथि २५–१५,२५–१३ र २५–...
१९औंं एसियन गेम्स स्थगित

१९औंं एसियन गेम्स स्थगित

खेलकुद
काठमाडौं । चीनको हान्जाउमा हुने भनिएको १९औंं एसियन गेम्स स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार प्रतियोगिता स्थगित भएको जनाएको छ । Advertisement चीनमा कोभिड–१९ संक्रमितको संख्या बढेका कारण प्रतियोगिता स्थगित भएको अनुमान गरिएको छ । तर, आयोजकले किन प्रतियोगिता स्थगित गर्नु परेको हो भनेर खुलाएको छैन । प्रतियोगिता १० सेम्टेम्बरदेखी २५ सम्म हुने तालिका थियो ।  “ओलम्पिक काउन्सिल अफ एसिया चीनको हान्जाउमा हुने १९औं एसियन गेम्स स्थगित भएको घोषण गर्छ,” आयोजकलाई उदृत गर्दै चीनको सञ्चारमाध्यम सीजीटीएनले लेखेको छ । एसियन गेम्सलाई ओलम्पिकपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । प्रतियोगिताको नयाँ मिति भने तोकिएका छैन ।  प्रतियोगिता आयोजना हुने हान्जाउको नतिजको सहर सांघाईमा कोभिड–१९ संक्रमणको संख्या बढेका कारण प्रतियोतिगा स्थगित भएको ब...
राष्ट्रिय भलिबल क्लब लिग : एपीएफ, हेल्फ नेपाल र गलकोट विजयी

राष्ट्रिय भलिबल क्लब लिग : एपीएफ, हेल्फ नेपाल र गलकोट विजयी

खेलकुद
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ), हेल्फ नेपाल र गालकोट स्पोर्ट्स क्लबले बिहीबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आ–आफ्नो लिग जितेका छन् ।  Advertisement त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले पहिलो सेट जिते पनि बाँकी सेटमा एपीएफले उत्कृष्ट पुनरागमन गरेको हो । एपीएफले बाँकी सेटमा गण्डकीलाई २५–१९, २५–१८, २५–१० को स्कोरमा हराएको हो । त्यसअघि सम्पन्न अन्य खेलमा गलकोटले ढोरपाटन स्पोर्टस क्लबलाई ३–२ सेटमा हराएको हो । रोमाञ्चक बनेको खेलमा गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ को स्कोरमा पराजित गरेको हो । जितसँगै गलकोटको २ अंक जोडेको छ भने ढोरपाटनको १ अंक लिन सफल भयो ।  दिनको दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले ...
बैंग्लोरले चेन्नईलाई हरायो

बैंग्लोरले चेन्नईलाई हरायो

खेलकुद
काठमाडौं । हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । Advertisement पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । पूरा ओभर खेल्दै चेन्नईले ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । जितसँगै बैंग्लोरले ११ खेलबाट १२ अंक जोडेको छ । बैंग्लोर चौथो स्थानमा उक्लिएको छ । १० खेलबाट ६ अंकसहित चेन्नई नवौँ स्थानमा छ । चेन्नईका लागि डेभोन कोन्वेले सबैभन्दा धेरै ५६ रन बनाए । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रनको योगदान गरे । बैंग्लोरका हर्सल पटेलले ३ विकेट लिए । ग्लेन म्याक्सवेलले २ विकेट लिए । शाहबाज अहमद, जोश हाज्लेउड...
अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको छ ।  मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् । एन्फा मुख्यालयमा भएको छलफलपछि अध्यक्ष शेर्पाले भने, ‘‘भोलि छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएका छन् ।’’ Advertisement छानबिन समिति गठन गर्ने भए पनि कसको संयोजकत्व र कति सदस्यीय समिति बनाउने भन्नेबारे अध्यक्ष शेर्पाले केही खुलाउन चाहेनन् । अध्यक्ष शेर्पालाई भेट्नुअघि राष्ट्रिय टोलीबाट निस्किएका दश खेलाडीले आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका थिए ।  त्रिपुरेश्वरस्थ...
युनाइटेडको सहज जित

युनाइटेडको सहज जित

खेलकुद
काठमाडौं । अन्तरिम प्रशिक्षक राल्फ राङ्कनिकको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सोमबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्यो । त्यसमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को विजय हासिल गर्‍यो । Advertisement युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसअघि, ४४औँ मिनेटमा रोनाल्डोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । ७२औँ मिनेटमा राफेल भरानेले अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गर्‍यो । जितसँगै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ३६ खेलबाट ५८ अंक जोडेको छ । युनाइटेड छैटौँ स्थानमा छ । त्यो चौथो स्थानको अर्सनलभन्दा पाँच अंकले पछाडि हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले पछाडि हो । तर, युनाइटेडले दुई खेल ...
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

खेलकुद
काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ । Advertisement कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । वर्षाअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी वर्षा भएको थियो । जसका कारण खेल रोकिन पुगेको हो । ...
टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

खेलकुद
काठमाडौं । नेपाली क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आज पहिला फिल्डिङ गर्ने भएको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालले आजको खेलमा खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।  पहिलो खेलमा ६ विकेटले पराजित भएकाले तीन खेलको ट्वान्टी–२० शृंखला जोगाउन नेपाललाई आज जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रतासँगैउपाधिसमेत जित्नेछ ।  आजको खेलका लागि नेपाली टोलीमासन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदील आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बासिर अहमद, भीम सार्की  रहेका छन् । ...
गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

खेलकुद
काठमाडौं । त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा विजयी सुरुआत गरेका छन् ।  Advertisement त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को स्कोरमा विजय हासिल गर्दै विजय हासिल गरेको हो ।  त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । नेपाल पुलिसले गलकोटलाई २५–१५, २५–१७, २५–२२ को स्कोरमा पराजित गरेको हो । आइतबार सम्पन्न अन्तिम खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिभुवन आर्मीले एपीएफलाई २५–२३, २५–१८, २५–२२ को स्कोरमा हराएको हो ।  वैशाख २४ ग...