२०८३ असार १४

खेलकुद

बायर्न छाड्ने लेवान्डोस्कीको चाहना

बायर्न छाड्ने लेवान्डोस्कीको चाहना

खेलकुद
काठमाडौं । बुन्डेसलिगामा सबैभन्दा धेरै गोल गर्ने रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने चाहना व्यक्त गरेका छन् । Advertisement बायर्नका खेलकुद निर्देशक हसन सालिहामिडजिकले शनिबार लेवान्डोस्कीले क्लबको सम्झैता नवीकरण गर्ने प्रस्तावलाई बेवास्ता गरेको जनाएका छन् । उनले भनेका छन्, “लेवान्डोस्की केही फरक चाहन्छन् ।”३३ पोल्यान्डका फरवार्ड लेवान्डोस्कीको बायर्नसँगको सम्झैता अर्को सिजन सकिनेछ । त्यसबीचमा क्लबको प्रस्तावबारे विचार गर्न सकिने लेवान्डोस्कीले बताएका छन् ।  “हो । क्लबसँग मेरो सम्झैता अर्को वर्षसम्मका लागि छ,” शनिबार बायर्नले उल्फ्सबर्गसँग २–२ को बराबरी खेल्दा गोल गरेका लेवान्डोस्कीले भने, “यदि, प्रस्ताव आउँछ भने त्यसबारे केही सोच्न सकिन्छ । दुवै पक्षले भविष्यबारे सोच्नुपर्छ । योभन्दा धेरै म केही भन्न सक्दिनँ । के हुन्छ त्यो हेर्न बाँकी...
महिला क्रिकेट टिमले युगान्डाविरुद्ध खेल्ने, २२ सदस्यीय टिम घोषणा 

महिला क्रिकेट टिमले युगान्डाविरुद्ध खेल्ने, २२ सदस्यीय टिम घोषणा 

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ । Advertisement नेपालले आउँदो जेठ २ देखि ७ गतेसम्म युगान्डाविरुद्ध ट्वान्टी–२० शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार जनाएको हो । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । शृंखलाका लागि रूबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टिमको घोषणा गरिएको छ । नेपाली टिमरूबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु वर्मा, काजोल श्रेष्ठ, करूणा भन्डारी, सरिता रानामगर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, सवनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डोली भट्ट, हिरनमायी रोय र रितु कनौजिया । ...
एष्टन भिल्लालाई हराउँदै लिभरपुलले गर्यो सिटीसँग बराबरी

एष्टन भिल्लालाई हराउँदै लिभरपुलले गर्यो सिटीसँग बराबरी

खेलकुद
काठमाडौं । सडियो माने र जो माटिपको गोलमा लिभरपुलले मंगलबार राति इङ्लिस प्रिमियर लिगमा एष्टन भिल्लालाई २–१ ले हराएको छ । जितसँगै लिभरपुलले लिग उपाधि होड बलियो बनाएको छ ।  Advertisement योर्गान क्लोपको लिभरपुलले जितसँगै शीर्ष क्लब म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । लिभरपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ । समान ८६ अंक भए पनि सिटी गोलअन्तरको आधारमा शीर्ष स्थानमा कायम छ । तर, शीर्ष स्थानको सिटीले एक खेल कम खेलेको छ । सिटीले बुधबार राति उल्भरह्याम्पटनसँग खेल्नेछ । सिटीले अवे खेलमा विजय हासिल गरे पुनः तीन अंकको अग्रता लिनेछ । उल्भरह्याम्पटनसँग खेलेपछि सिटीले लिगको अन्तिम दुई खेलमा वेष्ट ह्याम र एष्टन भिल्लाविरुद्ध खेल्न बाँकी हुनेछ । लिभरपुलले भने साउथह्याम्पटन र उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ । त्यसअघि लिभरपुलले शनिबार चेल्सीसँग एफए कपको उपाधिका लागि ख...
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट

खेलकुद
काठमाडौं । सूर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगिता एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने भएको छ । बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा ३२ व्यावसायिक र १४ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । Advertisement पहिलो दिनमा ३६ होलको खेलपछि ‘कट’ गरिनेछ । ‘कट’ गर्दा शीर्ष २१ तथा अंक बराबर गर्ने व्यावसायिक खेलाडीले फाइनल ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष ६ एमेच्योर खेलाडीले पनि फाइनल ३६ होलमा खेल्नेछन् ।  विजेताले एक लाख ३५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । त्यस्तै शीर्ष २१ सम्म स्थान बनाउने खेलाडीले नगद पुरस्कार जित्नेछन् ।  प्रतियोगितामा शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रा...
खेलाडी–प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिको बैठक बस्दै

खेलाडी–प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिको बैठक बस्दै

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय टोली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफलका लागि आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।  बैठकमा एकमात्र एजेन्डा मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवाद भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । Advertisement वैशाख १९ गते एन्फालाई पत्र बुझाउँदै खेलाडीहरूले विवादबारे छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । तर, त्यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए ।  राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटल छाडेका थिए । त्यसपछि, उनीहरूले वैशाख १५ पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरे...
आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको उपाधि त्रिभुवन आर्मीलाई 

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको उपाधि त्रिभुवन आर्मीलाई 

खेलकुद
काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।  Advertisement रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५–१५, २५–१८, २६–२८ र २८–२६ को सेटमा जित निकाल्यो । जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।  आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो । उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौथो एपीएफले ७५ हजार प्राप्त गर्यो ।  महिलातर्फको उपाधि पनि आर्मीले ज...
जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

खेलकुद
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतिमा ८९ बनाउँदै लक्ष्य पूरा गर्यो । Advertisement नेपालको जितमा सुनील धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे ।  जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए ।  जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदि...
आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै 

आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै 

खेलकुद
काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ ।  Advertisement त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार पाँचौँ जित निकालेको हो । पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो ।  आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले ५ खेलमा १५ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ । पुलिसको ५ खेलमा ९ अंक रहेको छ । पुरुष तर्फको अघिल्लो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि पाँचौ जित निकालेको छ । गलकोट स्पोर्ट्स क्लबलाई पराजित गर्दै हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । हेल्पले गल्कोटमाथि २५–१५,२५–१३ र २५–...
१९औंं एसियन गेम्स स्थगित

१९औंं एसियन गेम्स स्थगित

खेलकुद
काठमाडौं । चीनको हान्जाउमा हुने भनिएको १९औंं एसियन गेम्स स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार प्रतियोगिता स्थगित भएको जनाएको छ । Advertisement चीनमा कोभिड–१९ संक्रमितको संख्या बढेका कारण प्रतियोगिता स्थगित भएको अनुमान गरिएको छ । तर, आयोजकले किन प्रतियोगिता स्थगित गर्नु परेको हो भनेर खुलाएको छैन । प्रतियोगिता १० सेम्टेम्बरदेखी २५ सम्म हुने तालिका थियो ।  “ओलम्पिक काउन्सिल अफ एसिया चीनको हान्जाउमा हुने १९औं एसियन गेम्स स्थगित भएको घोषण गर्छ,” आयोजकलाई उदृत गर्दै चीनको सञ्चारमाध्यम सीजीटीएनले लेखेको छ । एसियन गेम्सलाई ओलम्पिकपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । प्रतियोगिताको नयाँ मिति भने तोकिएका छैन ।  प्रतियोगिता आयोजना हुने हान्जाउको नतिजको सहर सांघाईमा कोभिड–१९ संक्रमणको संख्या बढेका कारण प्रतियोतिगा स्थगित भएको ब...
राष्ट्रिय भलिबल क्लब लिग : एपीएफ, हेल्फ नेपाल र गलकोट विजयी

राष्ट्रिय भलिबल क्लब लिग : एपीएफ, हेल्फ नेपाल र गलकोट विजयी

खेलकुद
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ), हेल्फ नेपाल र गालकोट स्पोर्ट्स क्लबले बिहीबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आ–आफ्नो लिग जितेका छन् ।  Advertisement त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले पहिलो सेट जिते पनि बाँकी सेटमा एपीएफले उत्कृष्ट पुनरागमन गरेको हो । एपीएफले बाँकी सेटमा गण्डकीलाई २५–१९, २५–१८, २५–१० को स्कोरमा हराएको हो । त्यसअघि सम्पन्न अन्य खेलमा गलकोटले ढोरपाटन स्पोर्टस क्लबलाई ३–२ सेटमा हराएको हो । रोमाञ्चक बनेको खेलमा गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ को स्कोरमा पराजित गरेको हो । जितसँगै गलकोटको २ अंक जोडेको छ भने ढोरपाटनको १ अंक लिन सफल भयो ।  दिनको दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले ...