२०८२ मंसिर २२

राष्ट्रिय भलिबल क्लब लिग : एपीएफ, हेल्फ नेपाल र गलकोट विजयी

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ), हेल्फ नेपाल र गालकोट स्पोर्ट्स क्लबले बिहीबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आ–आफ्नो लिग जितेका छन् । 


Advertisement


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले पहिलो सेट जिते पनि बाँकी सेटमा एपीएफले उत्कृष्ट पुनरागमन गरेको हो । एपीएफले बाँकी सेटमा गण्डकीलाई २५–१९, २५–१८, २५–१० को स्कोरमा हराएको हो ।

त्यसअघि सम्पन्न अन्य खेलमा गलकोटले ढोरपाटन स्पोर्टस क्लबलाई ३–२ सेटमा हराएको हो । रोमाञ्चक बनेको खेलमा गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ को स्कोरमा पराजित गरेको हो । जितसँगै गलकोटको २ अंक जोडेको छ भने ढोरपाटनको १ अंक लिन सफल भयो । 

दिनको दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पुलिस क्लबलाई २५–२३, २५–२३, २५–२० को स्कोरमा हराएको हो । जितसँगै हेल्प नेपालको ११ अंक भएको छ । त्रिभुवन आर्मीको १२ अंक छ । 

बिहान सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबको न्यू डायमनु्ड स्पोर्ट्सलाई २५–११, २५–१७, २५–१५ ले हराएको थियो । त्यस्तै एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गर्‍यो । एपीएफको तीन खेलबाट ६ अंक भएको छ । नेपाल पुलिसले ९ अंक जोडेको छ ।

Copy link
Powered by Social Snap