२०८१ जेष्ठ ५

जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतिमा ८९ बनाउँदै लक्ष्य पूरा गर्यो ।


Advertisement


नेपालको जितमा सुनील धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । 

जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए । 

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

Copy link
Powered by Social Snap