२०८३ असार १४

खेलकुद

लाइपजिगले जित्यो जर्मन कपको उपाधि

लाइपजिगले जित्यो जर्मन कपको उपाधि

खेलकुद
काठमाडौं । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । Advertisement निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो...
बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

खेलकुद
काठमाडौं । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उमेदवारी दर्ता गराएका हुन् । Advertisement शुक्रबार एन्फाको अध्यक्षका लागि पंकजविक्रम नेम्वाड तथा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्कासहित पाँचजनाले केन्द्रीय सदस्यका लागि उमेदवारी दिएका छन् । पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भूमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्षदेखि बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन् । बाँके जिल्ला फुटबल संघमा सदस्यका रूपमा प्रवेश गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन । बाँकेमा सुरुआतमा उनले ओशोनिक क्लबमार्फत ग्रासरुट कार्यक्रम सञ्च...
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि 

खेलकुद
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप यही जेठ ९ गतेदेखि हुने भएको छ । Advertisement गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । प्रतियोगितामा ४० व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यससँगै १२ एमेच्योर खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । दुई चरण गरेर ३६ होलको खेलपछि कट गरिनेछ । कटपछि शीर्ष २१ र बराबरी अंक ल्याउने खेलाडीले बाँकी ३६ होलमा फाइनल चरणको प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २१ सँगै ६ एमेच्योर खेलाडीले पनि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले एक लाख ५५ हजार र तेस्रो हुनेले एक...
एभर्टन रेलिगेशनबाट जोगियो, चेल्सीको तेस्रो स्थान पक्का 

एभर्टन रेलिगेशनबाट जोगियो, चेल्सीको तेस्रो स्थान पक्का 

खेलकुद
काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।  Advertisement ६८ वर्षदेखी प्रिमियर लिग खेल्दै आएको एभर्टन जारी सिजन रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो । एभर्टनको घरेलु मैदानमै क्रिष्टल प्यालेसले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । त्यससँगै एभर्टनको रेलिगेशनमा पर्ने सम्भावना झन बढेको थियो । तर, दोस्रो हाफमा फ्रांक लामपार्डको टोलीले उत्कृष्ट पुनरागमन गर्यो ।  क्रिष्टल प्यालेसले जान–फिलिप माटेटाको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो । ३६औं मिनेटमा जोर्डन आयुले क्रिष्टल प्यालेसको अग्रता दोब्बर बनाएका थिए ।  एभर्टनका प्रशिक्षक लामपार्डले दोस्रो हाफमा आफ्नो रणनीति परिवर्तन...
ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

खेलकुद
काठमाडौं । युगान्डाको महिला क्रिकेट टोलीले बिहीबार नेपालविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । केभिन अविनोले अविजित ४२ रन बनाएपछि युगान्डाले नेपालविरुद्धको तेस्रो खेल ६ विकेटले जितेको हो ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।  यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ३–० को अग्रता लिएको छ । युगान्डाले पहिलो खेल १२ रनले जितेको थियो भने दोस्रो खेलमा एक विकेटको विजय हासिल गरेको थियो ।  नेपालका लागि ज्योति पाण्डेले ४७ रज बनाएकी थिइन् । उनले ५४ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले १...
अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बुधबार आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको छ ।  Advertisement अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृखलाका लागि घोषणा गरिएको टोलीमा सुनिल धमला र विनोद भण्डारीले पुनरागमन गरेका छन् । तथापि दुवै जना पछिल्लो समय खेलेको जिम्बाब्वे ‘ए’विरुद्धको टोलीमा भने थिए । आदील अन्सारी र किशोर महतोले भने पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।  विश्वकप छनोटका रुपमा रहेको यस प्रतियोगिता ६ जुनदेखि १६ जुनसम्म हुनेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध ९ जुनमा खेल्नेछ । दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्नेछ । ओमानविरुद्धको दोस्रो खेल नेपालले १४ जुनमा र अमेरिकाविरुद्धको दोस्रो खेल १५ जुनमा खेल्नेछ ।  पछिल्लो समय आईसीसी क...
रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

खेलकुद
काठमाडौं । प्रिमियर लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । लिभरपुलले मंगलबार राति साउथह्याम्पटनमाथि २–१ को विजय हासिल गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको हो । यससँगै जारी सिजन चार उपाधि जित्ने लिभरपुलको सम्भावना पनि जिवित भएको छ ।  Advertisement गत शनिबार एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि लिग कपको पनि उपाधि जितेको थियो । लिभरपुलले गएराति अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको थियो । पाहुना टोली लिभरपुलले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै महत्वपूर्ण नतिजा निकाल्न सफल भएको हो ।  साउथह्याम्पटनले नाथन रेडमोन्डको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । २७औं मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले बराबरी गोल फर्काए । ६७औं मिनेटमा जो माटिपले गरेको गोल लिभरपुलको जितमा निर्णायक बन्यो ।  जितसँगै योर्गान क्लोपको लिभरपुलले अन्तिम ...
नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य 

नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य 

खेलकुद
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डालाई १०२ रनको लक्ष्य पेश गरेको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।   नेपालका ओपनर बिन्दु रावलले २६, सरिता मगरले २२ रन बनाए । कविता जैशीले रनको खाता खोल्न सकिनन् भने अप्सरी बेगमले तीन र सिता रानामगरले ६ रन बनाए । रुविना क्षेत्रीले  १७ रन बनाउँदा डोली भट्ट ९ रनमा अविजित रहिन् ।  युगान्डाका जनेट एमबाबाजीले दुई विकेट लिइन् भने कोन्की अवाको, इभिलिन  एनिपो र रीता मुसामालीले एक एक विकेट लिए ।  पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । त्यससँगै नेपाल पाँच खेलको शृंखलामा १–० ले पछि परेको छ ।  ...
नेपाल १२ रनले पराजित

नेपाल १२ रनले पराजित

खेलकुद
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आज युगान्डासँग १२ रनले पराजित भएको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०२ रन बनाएको थियो । १०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको हो ।  यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको थियो ।  नेपालका लागि उपकप्तान इन्दु बर्माले सबैभन्दा धेरै १६ रन बनाइन् । डोली भट्टले १३, ओपनर विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  युगान्डाकी कोनसी अवेको र सराह एकितेङले दुई विकेट लिए । जनेट एमबाबाजी र रिता मुसामालीले एक/एक विकेट लिए ।  त्यसअघि, युगान्डाकी एमबाबाजीले...
रियाल र बार्सिलोना बराबरीमा रोकिए

रियाल र बार्सिलोना बराबरीमा रोकिए

खेलकुद
काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन् । उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १–१ को बराबरी खेलेको हो । दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।  Advertisement रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । ३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए । बराबरीपछि लिगमा एक खेल बाँकी हुँदा रियाल ८५ अंकका साथ शीर्ष स्थानमा छ । रियाल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ । रियाल अब च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ । रियालले च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलविर...