२०८१ बैशाख ११

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगिता एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने भएको छ ।

बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा ३२ व्यावसायिक र १४ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।


Advertisement


पहिलो दिनमा ३६ होलको खेलपछि ‘कट’ गरिनेछ । ‘कट’ गर्दा शीर्ष २१ तथा अंक बराबर गर्ने व्यावसायिक खेलाडीले फाइनल ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष ६ एमेच्योर खेलाडीले पनि फाइनल ३६ होलमा खेल्नेछन् । 

विजेताले एक लाख ३५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । त्यस्तै शीर्ष २१ सम्म स्थान बनाउने खेलाडीले नगद पुरस्कार जित्नेछन् । 

प्रतियोगितामा शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा र रवि खड्कालाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

त्यस्तै १३औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जित्न सफल सुवास तामाङलाई उपाधि प्रतिस्पर्धीका रुपमा हेरिएको छ । 

Copy link
Powered by Social Snap