२०८२ मंसिर २२

खेलकुद

नेपालले दियो १८२ रनको लक्ष्य

नेपालले दियो १८२ रनको लक्ष्य

खेलकुद
काठमाडौं । आदील आलमको अविजित ४७ रनप्रेरित नेपालले आइतबार जिम्बाब्वे ‘ए’लाई पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि १८२ रनले लक्ष्य पेश गरेको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङका लागि निम्त्याईएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको हो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि २७ रनकाले साझेदारी गरेका थिए । कुशलले दोस्रो विकेटका लागि रोहितकुमार पौडेलसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफले ९ रन बनाए भने रोहितकुमारले ३६ रन बनाए ।  रोहितकुमार र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । दीपेन्द्रसिंह २८ रन जोड्दा रनआउट भएका थिए । लगत्तै आरिफ शेख दुई रन बनाएर पवेलियन फर्किए । आदीलले २७ बलमा चार चौका र तीन छ...
गणेशमान सिंह रोड रेस : गोपीचन्द्र र राजपुरालाई उपाधि

गणेशमान सिंह रोड रेस : गोपीचन्द्र र राजपुरालाई उपाधि

खेलकुद
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले शनिबार वीर गणेशमानसिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।  वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगितामा गोपीचन्द्रले दश किलोमिटर रोड रेसमा पुरुषतर्फको उपाधि जितेका हुन् । गोपीचन्द्रले निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पार गरेका थिए । गोपीचन्द्रले यसअघि आफैंले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीचन्द्रको नाममा ३१ मिनेट ४४.४९ सेकेन्डको कीर्तिमान थियो ।  Advertisement त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनले ३१ मिनेट १५.२ सेकेन्डमा दुरी पार गरेका हुन् । ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दुरी पार गरेका त्रिभुवन आर्मीकै राजन रोकाया तेस्रो भए ।  महिलतर्फ कीर्तिमानसहित पहिलो स्थान हासिल गर्न सफल राजपुराले ...
अल्मुताइरीले बोलाए १७ नयाँ खेलाडी, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत !

अल्मुताइरीले बोलाए १७ नयाँ खेलाडी, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत !

खेलकुद
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।  Advertisement रोहित चन्दसहित मंगलबार राति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले होटल छाडेका थिए । दस खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको अन्डरमा आफूहरू खेल्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपाल एएफसी एसियन कप २०२३ छनोटको तयारी छ । नेपालले छनोट प्रतियोगितामा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ ।  अल्मुताइरीले बन्द प्रशिक्...
रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

खेलकुद
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । Advertisement ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औं  मिनेटमा अग्रता लिएको थियो।तर त्यसको दुई मिनेट पछि नै युनाइटेडले बराबरी गोल फर्कायो। उसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो। यो बराबरीसँगै चेल्सी ६६ अंकका साथ तेस्रो स्थानमा रहँदा युनाइटेड ५५ अंकका साथ छैठौं स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेक म्यान्चेष्टर सिटीको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७९ अंक पुगेको छ।  समान खेलबाट ६० अंकसहित आर्सनल चौथो र ५८ अंकसहित ट...
‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

खेलकुद
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरू बन्द प्रशिक्षण छाड्न बाध्य भएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीले बताएका छन् । Advertisement बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशीक्षण छाडेको बताएका हुन्। पटक पटक विवादमा पर्दै आएका अलमुताइरीसँग खेलाडीको विवाद भने पहिलो पटक सार्वजनिक भएको हो। एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए। राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्...
च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

खेलकुद
युरोपियन च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। Advertisement इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो। लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिरभपुलले अग्रता लिन सफल भयो। लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। ५५ मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। उनले सलाहको पासमा गोल गरेका थिए। यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोलले हराएको थियो। दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ। ...
नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

खेलकुद
सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ।  गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ। आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ। प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। Advertisement ‘सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव पठाएका छौं’, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने...
सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

खेलकुद
आइपिएल-२०२२ मा मंगलबार राति भएको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको थियो। एकातर्फ राजस्थान रोयल्सका जोस बटलरले थिए। जसले यो सिजन अहिलेसम्म तीन शतक प्रहार गरेका छन्, बटलरसँगै कप्तान सन्जु सामसन र शिमरोन हेटमायर जस्ता उत्कृष्ट ब्याट्सम्यान राजस्थानका आसा थिए। अर्कोतर्फ बैंगलोरमा विराट कोहली, फाप डु प्लेसिस, ग्लेन म्याक्सवेल र दिनेश कार्तिक जस्ता प्रतिभावान ब्याट्सम्यान थिए। तर खेलमा दुवै टोलीका सुपरस्टार खेलाडी असफल भए। २० वर्षीय युवा ब्याट्सम्यान रियान परागले राजस्थानका स्टार खेलाडीको असफलताको पूरा फाइदा उठाए। Advertisement पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको बैंग्लोर ३ खेल खेल्न बाँकी छदा ११५ रनमै अलआउट हुँदा २९ रनले पर...
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

खेलकुद
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी भिड्ने भएका छन्। विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ। Advertisement अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२  मे ६ देखि २१ सम्म टर्कीकाे इस्तानबुल शहरमा हुँदैछ। १२ औं संस्करणको च्याम्पियनसिपमा नेपालका लागि ४८ केजी ताैल समूहमा सुष्मा तामाङ, ५२ केजी ताैल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्। सहभागी ४ जना खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्। जस मध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन्। रावलले जितेकाे पदक १२ वर्ष पछि...
खेलाडीलाई आर्थिक सहयोग

खेलाडीलाई आर्थिक सहयोग

खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले मंगलबार स्वास्थ्योपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई गरी कुल पाँच लाख ५६ हजार ८४३ रुपैयाँ सहयोग गरिएको हो । Advertisement नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९१४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीलाई ८० हजार रुपैयाँ सहयोग गरिएको हो । जितबहादुरको हातमा चोट लागेको थियो । विष्णुलाई पक्षघात भएको थियो भने रिया, सीमा र कोपिलाको घुँडामा चोट लागेको थियो । दीपकलाई काँघको समस्या छ । कोषका अध्यक्ष तथा राखे...