२०८३ असार १४

खेलकुद

बैंग्लोरले चेन्नईलाई हरायो

बैंग्लोरले चेन्नईलाई हरायो

खेलकुद
काठमाडौं । हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । Advertisement पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । पूरा ओभर खेल्दै चेन्नईले ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । जितसँगै बैंग्लोरले ११ खेलबाट १२ अंक जोडेको छ । बैंग्लोर चौथो स्थानमा उक्लिएको छ । १० खेलबाट ६ अंकसहित चेन्नई नवौँ स्थानमा छ । चेन्नईका लागि डेभोन कोन्वेले सबैभन्दा धेरै ५६ रन बनाए । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रनको योगदान गरे । बैंग्लोरका हर्सल पटेलले ३ विकेट लिए । ग्लेन म्याक्सवेलले २ विकेट लिए । शाहबाज अहमद, जोश हाज्लेउड...
अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको छ ।  मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् । एन्फा मुख्यालयमा भएको छलफलपछि अध्यक्ष शेर्पाले भने, ‘‘भोलि छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएका छन् ।’’ Advertisement छानबिन समिति गठन गर्ने भए पनि कसको संयोजकत्व र कति सदस्यीय समिति बनाउने भन्नेबारे अध्यक्ष शेर्पाले केही खुलाउन चाहेनन् । अध्यक्ष शेर्पालाई भेट्नुअघि राष्ट्रिय टोलीबाट निस्किएका दश खेलाडीले आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका थिए ।  त्रिपुरेश्वरस्थ...
युनाइटेडको सहज जित

युनाइटेडको सहज जित

खेलकुद
काठमाडौं । अन्तरिम प्रशिक्षक राल्फ राङ्कनिकको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सोमबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्यो । त्यसमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को विजय हासिल गर्‍यो । Advertisement युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसअघि, ४४औँ मिनेटमा रोनाल्डोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । ७२औँ मिनेटमा राफेल भरानेले अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गर्‍यो । जितसँगै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ३६ खेलबाट ५८ अंक जोडेको छ । युनाइटेड छैटौँ स्थानमा छ । त्यो चौथो स्थानको अर्सनलभन्दा पाँच अंकले पछाडि हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले पछाडि हो । तर, युनाइटेडले दुई खेल ...
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

खेलकुद
काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ । Advertisement कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । वर्षाअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी वर्षा भएको थियो । जसका कारण खेल रोकिन पुगेको हो । ...
टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

खेलकुद
काठमाडौं । नेपाली क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आज पहिला फिल्डिङ गर्ने भएको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालले आजको खेलमा खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।  पहिलो खेलमा ६ विकेटले पराजित भएकाले तीन खेलको ट्वान्टी–२० शृंखला जोगाउन नेपाललाई आज जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रतासँगैउपाधिसमेत जित्नेछ ।  आजको खेलका लागि नेपाली टोलीमासन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदील आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बासिर अहमद, भीम सार्की  रहेका छन् । ...
गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

खेलकुद
काठमाडौं । त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा विजयी सुरुआत गरेका छन् ।  Advertisement त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को स्कोरमा विजय हासिल गर्दै विजय हासिल गरेको हो ।  त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । नेपाल पुलिसले गलकोटलाई २५–१५, २५–१७, २५–२२ को स्कोरमा पराजित गरेको हो । आइतबार सम्पन्न अन्तिम खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिभुवन आर्मीले एपीएफलाई २५–२३, २५–१८, २५–२२ को स्कोरमा हराएको हो ।  वैशाख २४ ग...
नेपालले दियो १८२ रनको लक्ष्य

नेपालले दियो १८२ रनको लक्ष्य

खेलकुद
काठमाडौं । आदील आलमको अविजित ४७ रनप्रेरित नेपालले आइतबार जिम्बाब्वे ‘ए’लाई पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि १८२ रनले लक्ष्य पेश गरेको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङका लागि निम्त्याईएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको हो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि २७ रनकाले साझेदारी गरेका थिए । कुशलले दोस्रो विकेटका लागि रोहितकुमार पौडेलसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफले ९ रन बनाए भने रोहितकुमारले ३६ रन बनाए ।  रोहितकुमार र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । दीपेन्द्रसिंह २८ रन जोड्दा रनआउट भएका थिए । लगत्तै आरिफ शेख दुई रन बनाएर पवेलियन फर्किए । आदीलले २७ बलमा चार चौका र तीन छ...
गणेशमान सिंह रोड रेस : गोपीचन्द्र र राजपुरालाई उपाधि

गणेशमान सिंह रोड रेस : गोपीचन्द्र र राजपुरालाई उपाधि

खेलकुद
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले शनिबार वीर गणेशमानसिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।  वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगितामा गोपीचन्द्रले दश किलोमिटर रोड रेसमा पुरुषतर्फको उपाधि जितेका हुन् । गोपीचन्द्रले निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पार गरेका थिए । गोपीचन्द्रले यसअघि आफैंले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीचन्द्रको नाममा ३१ मिनेट ४४.४९ सेकेन्डको कीर्तिमान थियो ।  Advertisement त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनले ३१ मिनेट १५.२ सेकेन्डमा दुरी पार गरेका हुन् । ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दुरी पार गरेका त्रिभुवन आर्मीकै राजन रोकाया तेस्रो भए ।  महिलतर्फ कीर्तिमानसहित पहिलो स्थान हासिल गर्न सफल राजपुराले ...
अल्मुताइरीले बोलाए १७ नयाँ खेलाडी, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत !

अल्मुताइरीले बोलाए १७ नयाँ खेलाडी, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत !

खेलकुद
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।  Advertisement रोहित चन्दसहित मंगलबार राति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले होटल छाडेका थिए । दस खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको अन्डरमा आफूहरू खेल्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपाल एएफसी एसियन कप २०२३ छनोटको तयारी छ । नेपालले छनोट प्रतियोगितामा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ ।  अल्मुताइरीले बन्द प्रशिक्...
रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

खेलकुद
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । Advertisement ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औं  मिनेटमा अग्रता लिएको थियो।तर त्यसको दुई मिनेट पछि नै युनाइटेडले बराबरी गोल फर्कायो। उसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो। यो बराबरीसँगै चेल्सी ६६ अंकका साथ तेस्रो स्थानमा रहँदा युनाइटेड ५५ अंकका साथ छैठौं स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेक म्यान्चेष्टर सिटीको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७९ अंक पुगेको छ।  समान खेलबाट ६० अंकसहित आर्सनल चौथो र ५८ अंकसहित ट...