२०८१ बैशाख ७

खेलकुद

अन्तर्राष्ट्रिय टेबलटेनिसको पिङ पोङ डिप्लोमेसीद्वारा अनिता सम्मानित

अन्तर्राष्ट्रिय टेबलटेनिसको पिङ पोङ डिप्लोमेसीद्वारा अनिता सम्मानित

खेलकुद
नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ। Advertisement नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन्। अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन्। तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी  छन्। ...
दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

खेलकुद
काठमाडौं । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो । दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् । Advertisement युवा खेलाडीले भरिपूर्ण जर्मनी आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । जर्मनीका स्टार खेलाडी थोमस मुलर करिब दुई वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । यता, फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमा ६ वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । स्टार खेलाडीले भरिपूर्ण विश्वकप फुटबलको साबिक विजेता टोली फ्रान्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो टोलीको रुपमा प्रस्तुत गर्ने योजनामा छ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडि...
युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

खेलकुद, समाचार
जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् ।  वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् । Advertisement अब इतिहास छाडेर अहिलेको चर्चा गरौं । पछिल्लो समय खेलेका ६ खेलमा फ्रान्स अपराजित छ, उसले ५ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । जर्मनी तुलनात्मक रुपमा कमजोर देखिएको छ । उसले ६ मध्ये तीन खेल जितेको छ भने एक बराबरी खेलेको छ दुईपटक हारेको छ ।  दुबै टिममा स्टारको कमी छैन । ...
बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

खेलकुद
युरो २०२० मा पूर्व विजेता स्पेनले सुखद् सुरूवात गर्न सकेन। मंगलबार विहान सकिएको खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोक्यो। तर खेल अवधिभर स्पेनले बलमा पकड जमायो। Advertisement स्पेनले ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। तथ्याङ्क संकलन गर्ने संस्था ओप्टाका अनुसार युरोमा ८५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्ने स्पेन पहिलो टिम हो। ओप्टाले सन् १९८० देखि तथ्याङ्क संकलन गर्दै आएको छ। स्पेनले पहिलो हाफमा ४१९ पास खेलेका थियो। जुन युरोको पहिलो ४५ मिनेटमा गरिएको सर्वाधिक पास हो। जबकी स्विडेनले केवल ३८ पास मात्र गरेको थियो। युरोमा कुनै पनि टिमले गरेको यो सबैभन्दा कम पास हो। खेल अवधिभर स्पेनले ९१७ पास गरेको थियो। यो पनि युरोमा कुनै पनि टिमले खेलेको सबैभन्दा बढी पास हो। यसअघि सर्वाधिक पासको कीर्तिमान स्पेनकै नाममा थियो। स्पेनले ...
युरोकपमा आज तीन खेल

युरोकपमा आज तीन खेल

खेलकुद
काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछन् । १६ औं संस्करणको प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुने भएका हुन् । सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । Advertisement दुबै टोली आजको खेलमा सहज जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछन् । घरेलु टोली स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ । यता, बलियो टिम चेक रिपब्लिक पनि स्कटल्यान्डलाई हराउँदै आफूलाई बलियो टोली प्रमाणित गर्ने योजनामा छ ।  आज नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै ट...
दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

खेलकुद
नोभाक जोकोभिचले वर्षको फ्रेञ्च ओपन टेनिसअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। सुरुवाती दुई सेट गुमाएको स्थिति उल्टाउँदै जोकोभिचले उपाधि जितेका हुन्।  Advertisement करिअरको १९औं ग्रान्डस्लाम जित्ने क्रममा उनले ग्रिसका स्टेफानोस सिसेपसलाई ३-२ ले पराजित गरे।  विश्व नम्बर एक सर्वियन टेनिस स्टार जोकोभिकले पहिलो दुई सेट ६-७ (६-८) र २-६ ले गुमाएका थिए।  त्यसपछिका तीन सेटमा जोकोभिचले ६-३, ६-४ र ६-४ को जित निकाल्दै उपाधि जिते।  जितसँगै जोकोभिच राफायल नाडाल र रोजर फेडेररले जितेको उपाधिसँग बराबरी गर्न एक उपाधि टाढा छन्। नाडाल र फेडेररले करिअरमा २०-२० उपाधि जितेका छन्। ...
युरो कपमा आज तीन खेल हुँदै

युरो कपमा आज तीन खेल हुँदै

खेलकुद
युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछ।  पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी' अन्तर्गतको खेल साँझ ६:४५ बजे लन्डनमा हुनेछ।  Advertisement युरो कपमा इंग्ल्यान्ड र क्रोएसियाबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा क्रोएसिया २ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले १ खेलमा जित हात पारेको छ।  दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह 'सी' अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ। म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो। दुई देशबीच भएका दुई प्रतिस्पर्धामा दुवै खेलमा अस्ट्रिया विजयी भएको छ। समूह 'सी' कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ। अघिल्लो युरो कप र विश्वकपमा छनोट हुन नसक...
युरो कपमा इटालीको विजयी सुरूवात

युरो कपमा इटालीको विजयी सुरूवात

खेलकुद
युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ।  शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।  Advertisement इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।  ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे।  ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको  थियो। जितसँगै इटालीले समूह 'ए' मा तीन अंक जोडेको छ। युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह 'ए' को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह 'बी' को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।  यस्तै राति १२:४५ बजे समूह 'बी' को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ। ...
युरोकप फुटबल : इटालीको सुखद सुरुआत

युरोकप फुटबल : इटालीको सुखद सुरुआत

खेलकुद
काठमाडौं । इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो । Advertisement ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो । ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए । जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा छ । यता, टर्कीले हारबाट प्रतियोगितामा खराब...
युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

खेलकुद
युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा इटाली र टर्कीबीच इटालीको रोममा प्रतिस्पर्धा हुँदैछ।  यसपटकको युरो कपको विजेताले १० मिलियन युरो (१ अर्ब ४२ करोड रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ। Advertisement उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन प्राप्त गर्नेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।  क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ।  समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युर...