२०८३ असार १४

खेलकुद

डच फरवार्ड डिपाए बार्सिलोनामा आबद्ध

डच फरवार्ड डिपाए बार्सिलोनामा आबद्ध

खेलकुद
नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपाए स्पेनिस महारथी क्लब बार्सिलोनामा आबद्ध भएका छन्। उनी फ्रेन्च क्लब लियोनबाट बार्सिलोनामा आबद्ध भएका हुन्।  Advertisement बार्सिलोनाले २७ वर्षीय डिपाएसँग दुई वर्षको सम्झौता भएको जनाएको छ। उनी हाल डच टिमबाट युरो २०२० खेलिरहेका छन्।  बिहीबार नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० ले हराउँदा डिपाएले गोल गरेका थिए। नेदरल्यान्ड्स लगातार दुई जित  निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। डिपाएले लियोनका लागि १७८ खेल खेल्दा ७६ गोल गरेका थिए। उनी सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोनमा आबद्ध भएका थिए। उनी बार्सिलोनामा सिजनमा फ्रि ट्रान्सफरमा आबद्ध हुने तेस्रो खेलाडी बने। यसअघि म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो र इरिक गार्सिया पनि बार्सिलोनामा आबद्ध भएका थिए। ...
धोनीलाई पछि पार्दै कोहलीले बनाए रेकर्ड

धोनीलाई पछि पार्दै कोहलीले बनाए रेकर्ड

खेलकुद
भारत तथा न्युजिल्यान्डबीच विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि अहिले इंग्ल्यान्डको साउथह्याम्टनमा खेल जारी छ। दुवै टिमका लागि यो फाइनल खेल ऐतिहासिक छ। गत वर्ष उत्कृष्ट प्रदर्शन गरेपछि दुई टिम फाइनलमा पुगेका थिए।  खेलमा मैदान उत्रिएसँगै भारतका कप्तान विराट कोहलीले रेकर्ड बनाएका छन्। उनले भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी कप्तानी गर्ने रेकर्ड बनाएका हुन्। कोहलीले अहिलेसम्म ६१ खेलमा कप्तानी गरेका छन्। यसअघि उनले ६० खेलमा कप्तानी गर्दै महेन्द्रसिंह धोनीको रेकर्डसँग बराबरी गरेका थिए। Advertisement धोनीले सन् २००८ देखि २०१४ सम्ममा भारतीय टिमको कप्तानी गरेका थिए। धोनीको कप्तानीमा भारतले २७ खेलमा जित हात पारेको थियो। १८ खेलमा भारत पराजित हुँदा १५ खेल बराबरीमा सकिएको थियो।  कोहलीको कप्तानीमा भारतले अहिलेसम्म ३६ खेलमा जित हात पा...
युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

खेलकुद
युरो २०२० अन्तर्गत आजको पहिलो खेलमा हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे सुरू हुनेछ। पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह 'एफ' मा ६ अंक जोडेर अन्तिम खेलअघि अन्तिम १६ मा पुग्न चाहान्छ। Advertisement घरेलु टिम हंगेरीका लागि आजको खेल महत्वपूर्ण छ। किनभने पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेलमा अंक जोड्नु पर्ने दबाब छ। दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो।  आजको दोस्रो खेलमा पोर्चुगल र ज...
युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

खेलकुद
युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघ (युइएफए) ले चेतावनी दिएको छ।  Advertisement गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा राखिएका दुई कोकाकोलाको बोतल हटाएका थिए। उनले कोकाकोलाको बोतल हटाएर पानीको बोलत देखाएका थिए। मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए।  जर्मनीविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए। बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत आफू अघि राखेका थिए।  खेलाडीहरूले मुख्य प्रायोजकको बोलत पत्रकार सम्मेलनका दौरान हटाएपछि युइएफले जरिवान...
टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

खेलकुद
काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । Advertisement साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट खेल्दा भारत शीर्ष स्थानमा र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने भारतलाई सहज जितको अपेक्षा हुनेछ । केन विलियम्सनको कप्तानीमा उत्रने न्युजिल्यान्ड भारतलाई सहजै हराउने योजनामा छ । दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले तीन खेल जित्दा न्युजिल्यान्डले दुई खेल जितेको छ । टेस्ट च्याम्पियनसिपका ल...
राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

खेलकुद
राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलले कोरोना भाइरसको खोप लगाएका छन्। बिहीबार कोरोनाका खोप लगाएसँगै खेलाडीहरू घर फर्किएका छन्। Advertisement विश्वकप छनोटका खेल खेलेर स्वदेश फर्किएका खेलाडीहरू घर भने गएका थिएनन्।  खेलाडी तथा अफिसियललाई बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा खोप लगाइएको हो।  नेपाली टिम कुवेतमा विश्वकप छनोटका खेल खेलेसँगै गत आइतबार स्वदेश फर्किएको थियो। अन्तिम तीन खेल खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा जोर्डनसँग ३-० ले हारेको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग पनि समान ३-० कै अन्तरमा पराजय भोगेको थियो।  त्यसअघि नेपालले एसियाको पूर्व च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालमाथि इराकले ५-२ को हार बेहोरेको ...
अन्तर्राष्ट्रिय टेबलटेनिसको पिङ पोङ डिप्लोमेसीद्वारा अनिता सम्मानित

अन्तर्राष्ट्रिय टेबलटेनिसको पिङ पोङ डिप्लोमेसीद्वारा अनिता सम्मानित

खेलकुद
नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ। Advertisement नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन्। अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन्। तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी  छन्। ...
दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

खेलकुद
काठमाडौं । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो । दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् । Advertisement युवा खेलाडीले भरिपूर्ण जर्मनी आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । जर्मनीका स्टार खेलाडी थोमस मुलर करिब दुई वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । यता, फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमा ६ वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । स्टार खेलाडीले भरिपूर्ण विश्वकप फुटबलको साबिक विजेता टोली फ्रान्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो टोलीको रुपमा प्रस्तुत गर्ने योजनामा छ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडि...
युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

खेलकुद, समाचार
जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् ।  वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् । Advertisement अब इतिहास छाडेर अहिलेको चर्चा गरौं । पछिल्लो समय खेलेका ६ खेलमा फ्रान्स अपराजित छ, उसले ५ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । जर्मनी तुलनात्मक रुपमा कमजोर देखिएको छ । उसले ६ मध्ये तीन खेल जितेको छ भने एक बराबरी खेलेको छ दुईपटक हारेको छ ।  दुबै टिममा स्टारको कमी छैन । ...
बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

खेलकुद
युरो २०२० मा पूर्व विजेता स्पेनले सुखद् सुरूवात गर्न सकेन। मंगलबार विहान सकिएको खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोक्यो। तर खेल अवधिभर स्पेनले बलमा पकड जमायो। Advertisement स्पेनले ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। तथ्याङ्क संकलन गर्ने संस्था ओप्टाका अनुसार युरोमा ८५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्ने स्पेन पहिलो टिम हो। ओप्टाले सन् १९८० देखि तथ्याङ्क संकलन गर्दै आएको छ। स्पेनले पहिलो हाफमा ४१९ पास खेलेका थियो। जुन युरोको पहिलो ४५ मिनेटमा गरिएको सर्वाधिक पास हो। जबकी स्विडेनले केवल ३८ पास मात्र गरेको थियो। युरोमा कुनै पनि टिमले गरेको यो सबैभन्दा कम पास हो। खेल अवधिभर स्पेनले ९१७ पास गरेको थियो। यो पनि युरोमा कुनै पनि टिमले खेलेको सबैभन्दा बढी पास हो। यसअघि सर्वाधिक पासको कीर्तिमान स्पेनकै नाममा थियो। स्पेनले ...