२०८१ बैशाख ११

राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलले कोरोना भाइरसको खोप लगाएका छन्। बिहीबार कोरोनाका खोप लगाएसँगै खेलाडीहरू घर फर्किएका छन्।


Advertisement


विश्वकप छनोटका खेल खेलेर स्वदेश फर्किएका खेलाडीहरू घर भने गएका थिएनन्। 

खेलाडी तथा अफिसियललाई बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा खोप लगाइएको हो। 

नेपाली टिम कुवेतमा विश्वकप छनोटका खेल खेलेसँगै गत आइतबार स्वदेश फर्किएको थियो।

अन्तिम तीन खेल खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो।

दोस्रो खेलमा जोर्डनसँग ३-० ले हारेको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग पनि समान ३-० कै अन्तरमा पराजय भोगेको थियो। 

त्यसअघि नेपालले एसियाको पूर्व च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालमाथि इराकले ५-२ को हार बेहोरेको थियो। 

विश्वकप तथा एसियन कपको संयुक्त छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल ६ अंकसहित चौथो भएको थियो। 

चौथो भएसँगै नेपाल एसियन कप छनोटको अन्तिम चरणमा पुगेको थियो। 

Copy link
Powered by Social Snap