२०८१ बैशाख २०

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

युरो २०२० मा पूर्व विजेता स्पेनले सुखद् सुरूवात गर्न सकेन।

मंगलबार विहान सकिएको खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोक्यो। तर खेल अवधिभर स्पेनले बलमा पकड जमायो।


Advertisement


स्पेनले ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। तथ्याङ्क संकलन गर्ने संस्था ओप्टाका अनुसार युरोमा ८५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्ने स्पेन पहिलो टिम हो। ओप्टाले सन् १९८० देखि तथ्याङ्क संकलन गर्दै आएको छ।

स्पेनले पहिलो हाफमा ४१९ पास खेलेका थियो। जुन युरोको पहिलो ४५ मिनेटमा गरिएको सर्वाधिक पास हो।

जबकी स्विडेनले केवल ३८ पास मात्र गरेको थियो। युरोमा कुनै पनि टिमले गरेको यो सबैभन्दा कम पास हो।

खेल अवधिभर स्पेनले ९१७ पास गरेको थियो। यो पनि युरोमा कुनै पनि टिमले खेलेको सबैभन्दा बढी पास हो।

यसअघि सर्वाधिक पासको कीर्तिमान स्पेनकै नाममा थियो।

स्पेनले २०१२ को युरो कपमा आयरल्यान्डविरुद्ध ८५९ पास खेलेको थियो। त्यतिबेला स्पेनका लागि जाभी एक्लैले १३६ पास खेलेका थिए।

Copy link
Powered by Social Snap