२०८१ बैशाख १३

टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।


Advertisement


साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट खेल्दा भारत शीर्ष स्थानमा र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने भारतलाई सहज जितको अपेक्षा हुनेछ । केन विलियम्सनको कप्तानीमा उत्रने न्युजिल्यान्ड भारतलाई सहजै हराउने योजनामा छ । दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले तीन खेल जित्दा न्युजिल्यान्डले दुई खेल जितेको छ ।

टेस्ट च्याम्पियनसिपका लागि भारतले आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेको छ । न्युजिल्यान्डले भने आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छैन् ।

Copy link
Powered by Social Snap