२०८१ बैशाख २०

दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

काठमाडौं । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो ।

दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् ।


Advertisement


युवा खेलाडीले भरिपूर्ण जर्मनी आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । जर्मनीका स्टार खेलाडी थोमस मुलर करिब दुई वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् ।

यता, फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमा ६ वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । स्टार खेलाडीले भरिपूर्ण विश्वकप फुटबलको साबिक विजेता टोली फ्रान्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो टोलीको रुपमा प्रस्तुत गर्ने योजनामा छ ।

फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा खेल्दा जर्मनीलाई केही सहज हुनेछ ।

दुई टोलीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुवै टोलीले २/२ खेल जितेका छन् । दुई खेल भने बराबरीमा सकिएको छ । समूह ‘एफ’मा जर्मनी, फ्रान्स, हंगेरी र पोर्चुगल रहेका छन् ।

Copy link
Powered by Social Snap