२०८१ बैशाख १२

युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

युरो २०२० अन्तर्गत आजको पहिलो खेलमा हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे सुरू हुनेछ।

पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह ‘एफ’ मा ६ अंक जोडेर अन्तिम खेलअघि अन्तिम १६ मा पुग्न चाहान्छ।


Advertisement


घरेलु टिम हंगेरीका लागि आजको खेल महत्वपूर्ण छ। किनभने पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेलमा अंक जोड्नु पर्ने दबाब छ।

दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो। 

आजको दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे खेल हुनेछ।

पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ। पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।

जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ।

तेस्रो खेलमा राति १२:४५ बजे समूह ‘ई’ को खेलमा स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

सेभियामा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ। किनभने पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो। यस्तै पोल्यान्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो। यसअघि समूहको खेलमा स्विडेनले स्लोभाकियालाई हराउँदै ४ अंक जोडेको थियो।

दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ। 

Copy link
Powered by Social Snap