२०८१ बैशाख ७

खेलकुद

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

खेलकुद
युरो २०२० मा इटाली समूह चरणमा सबै खेल जित्दै अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा इटालीले वेल्सलाई पराजित गर्दै समूह चरणकै तीन खेलमा जित निकाल्यो। यो जितसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० मा पुर्‍यो। यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो।  Advertisement अब युरो २०२० को नकआउट चरणमा जित हात पारे इटालीको अपराजित खेल संख्या ३१ हुनेछ। जुन उसको नयाँ राष्ट्रिय रेकर्ड बन्नेछ।  ८२ वर्षअघिको रेकर्ड बराबरी गरेको इटालीले युरो २०२० को समूह चरणमा ७ गोल गर्दा कुनै पनि गोल खाएन।  यसअघि इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हार बेहोरेन।  त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उस...
युरो कपमा आज चार खेल

युरो कपमा आज चार खेल

खेलकुद
युरो २०२० मा आज राति चार खेल हुँदैछन्। राति ९:४५ बजे समूह 'सी' का अन्तिम दुई खेल हुँदैछन्। रोमानियाको राजधानी बुचारेस्टमा युक्रेन र अस्ट्रियाबीच तथा आम्स्टर्डममा घरेलु टिम नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'सी' मा नेदरल्यान्ड्स लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ। नर्थ म्यासेडोनियालाई पराजित गरे वा बराबरी खेले नेदरल्यान्ड्स समूह विजेता बन्नेछ। म्यासेडोनियालाई भने अन्तिम १६ मा उत्कृष्ट तेस्रो टिम बनेर पुग्न जितको आवश्यकता छ।  यता अस्ट्रिया र युक्रेनबीचको खेलले अन्तिम १६ मा पुग्ने एक टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिमल अन्तिम १६ मा पुग्नेछ। Advertisement खेल बराबरी भएको अवस्थामा पनि दुवै टिमको अंक र गोलअन्तर पनि बराबरी हुनेछ। त्यसैले कार्ड पाएको आधारमा दोस्रो हुने टिमको टुंगो लाग्...
आत्मघाती गोलको मद्दतमा पेरूले कोलम्बियालाई हरायो, भेनेजुएला र इक्वेइडरबीच बराबरी

आत्मघाती गोलको मद्दतमा पेरूले कोलम्बियालाई हरायो, भेनेजुएला र इक्वेइडरबीच बराबरी

खेलकुद
कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ। सोमबार विहान सकिएको खेलमा पेरूले कोम्बियालाई २-१ गोलले पराजित गरेको हो।  खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो।  Advertisement ५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।  ६४ मिनेटमा पेरूले खेलमा दोस्रो पटक अग्रता लियो। पेरूका गुम्तोभोको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।  यता भेनेजुएला र इक्वेइडरले भने २-२ गोलको बराबरी खेलेका छन्। ३९ मिनेटमा प्रिसियाडोको गोलबाट इक्वेइडरले अग्रता लिएको थियो। भेनेजुएलका लागि कास्टिलोले ५१ मिनेटमा बराबरी गोल फर्काए।  ७१ मिनेटमा प्लाटाले ...
अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

खेलकुद, समाचार
कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले  दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।    Advertisement कतारले किन्न लागेको १० लाख डोज खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन्।   'विश्वकप २०२२ सुरू हुन्जेलसम्म धेरै देशले आफ्ना नागरिकलाई खोप लगाइसक्ने छन्,’ प्रधानमन्त्री शेख खालिदले भने,‘केही मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन सकेनन् भने पूर्ण खोप नलगाएकालाई रंगशालामा प्रवेश दिइने छैन।’ कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन...
डच फरवार्ड डिपाए बार्सिलोनामा आबद्ध

डच फरवार्ड डिपाए बार्सिलोनामा आबद्ध

खेलकुद
नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपाए स्पेनिस महारथी क्लब बार्सिलोनामा आबद्ध भएका छन्। उनी फ्रेन्च क्लब लियोनबाट बार्सिलोनामा आबद्ध भएका हुन्।  Advertisement बार्सिलोनाले २७ वर्षीय डिपाएसँग दुई वर्षको सम्झौता भएको जनाएको छ। उनी हाल डच टिमबाट युरो २०२० खेलिरहेका छन्।  बिहीबार नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० ले हराउँदा डिपाएले गोल गरेका थिए। नेदरल्यान्ड्स लगातार दुई जित  निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। डिपाएले लियोनका लागि १७८ खेल खेल्दा ७६ गोल गरेका थिए। उनी सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोनमा आबद्ध भएका थिए। उनी बार्सिलोनामा सिजनमा फ्रि ट्रान्सफरमा आबद्ध हुने तेस्रो खेलाडी बने। यसअघि म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो र इरिक गार्सिया पनि बार्सिलोनामा आबद्ध भएका थिए। ...
धोनीलाई पछि पार्दै कोहलीले बनाए रेकर्ड

धोनीलाई पछि पार्दै कोहलीले बनाए रेकर्ड

खेलकुद
भारत तथा न्युजिल्यान्डबीच विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि अहिले इंग्ल्यान्डको साउथह्याम्टनमा खेल जारी छ। दुवै टिमका लागि यो फाइनल खेल ऐतिहासिक छ। गत वर्ष उत्कृष्ट प्रदर्शन गरेपछि दुई टिम फाइनलमा पुगेका थिए।  खेलमा मैदान उत्रिएसँगै भारतका कप्तान विराट कोहलीले रेकर्ड बनाएका छन्। उनले भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी कप्तानी गर्ने रेकर्ड बनाएका हुन्। कोहलीले अहिलेसम्म ६१ खेलमा कप्तानी गरेका छन्। यसअघि उनले ६० खेलमा कप्तानी गर्दै महेन्द्रसिंह धोनीको रेकर्डसँग बराबरी गरेका थिए। Advertisement धोनीले सन् २००८ देखि २०१४ सम्ममा भारतीय टिमको कप्तानी गरेका थिए। धोनीको कप्तानीमा भारतले २७ खेलमा जित हात पारेको थियो। १८ खेलमा भारत पराजित हुँदा १५ खेल बराबरीमा सकिएको थियो।  कोहलीको कप्तानीमा भारतले अहिलेसम्म ३६ खेलमा जित हात पा...
युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

खेलकुद
युरो २०२० अन्तर्गत आजको पहिलो खेलमा हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे सुरू हुनेछ। पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह 'एफ' मा ६ अंक जोडेर अन्तिम खेलअघि अन्तिम १६ मा पुग्न चाहान्छ। Advertisement घरेलु टिम हंगेरीका लागि आजको खेल महत्वपूर्ण छ। किनभने पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेलमा अंक जोड्नु पर्ने दबाब छ। दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो।  आजको दोस्रो खेलमा पोर्चुगल र ज...
युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

खेलकुद
युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघ (युइएफए) ले चेतावनी दिएको छ।  Advertisement गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा राखिएका दुई कोकाकोलाको बोतल हटाएका थिए। उनले कोकाकोलाको बोतल हटाएर पानीको बोलत देखाएका थिए। मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए।  जर्मनीविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए। बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत आफू अघि राखेका थिए।  खेलाडीहरूले मुख्य प्रायोजकको बोलत पत्रकार सम्मेलनका दौरान हटाएपछि युइएफले जरिवान...
टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

खेलकुद
काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । Advertisement साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट खेल्दा भारत शीर्ष स्थानमा र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने भारतलाई सहज जितको अपेक्षा हुनेछ । केन विलियम्सनको कप्तानीमा उत्रने न्युजिल्यान्ड भारतलाई सहजै हराउने योजनामा छ । दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले तीन खेल जित्दा न्युजिल्यान्डले दुई खेल जितेको छ । टेस्ट च्याम्पियनसिपका ल...
राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

खेलकुद
राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलले कोरोना भाइरसको खोप लगाएका छन्। बिहीबार कोरोनाका खोप लगाएसँगै खेलाडीहरू घर फर्किएका छन्। Advertisement विश्वकप छनोटका खेल खेलेर स्वदेश फर्किएका खेलाडीहरू घर भने गएका थिएनन्।  खेलाडी तथा अफिसियललाई बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा खोप लगाइएको हो।  नेपाली टिम कुवेतमा विश्वकप छनोटका खेल खेलेसँगै गत आइतबार स्वदेश फर्किएको थियो। अन्तिम तीन खेल खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा जोर्डनसँग ३-० ले हारेको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग पनि समान ३-० कै अन्तरमा पराजय भोगेको थियो।  त्यसअघि नेपालले एसियाको पूर्व च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालमाथि इराकले ५-२ को हार बेहोरेको ...