२०८३ असार १४

खेलकुद

लगातार दोस्रो फाइनलमा पुग्ने लक्ष्यमा ब्राजिल

लगातार दोस्रो फाइनलमा पुग्ने लक्ष्यमा ब्राजिल

खेलकुद, समाचार
कोपा अमेरिका २०२१ को पहिलो सेमिफाइनलमा मंगलबार विहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ। साविक विजेता ब्राजिल र पेरूबीचको खेल रियो दि जेनेरियोमा विहान ४:४५ बजे सुरू हुनेछ।  कोपा अमेरिका २०२१ मा ब्राजिल र पेरूबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो।  Advertisement ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।  पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।  खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्।  नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन्। फ्रेड र कासेमिरो ...
रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल?

रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल?

खेलकुद, समाचार
युरो २०२० बाट साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो। बेल्जियमसँग १-० पराजित भएसँगै पोर्चुगल अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो।  पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले चार खेलमा पाँच गोल गरे। जससँगै रोनाल्डोले युरो कपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बनाए। पाँच युरो कप खेल्ने र पाँचै युरो कपमा गोल गर्ने रेकर्ड बनाएका उनले युरो कपमा गोल संख्या कुल १४ पुर्‍याए। Advertisement रोनाल्डोले युरो २०२० मा सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमान पनि बराबरी गरे। १०९ अन्तर्राष्ट्रिय गोल पुर्‍याएका रोनाल्डोले इरानका अली दाइको नाममा रहेको रेकर्ड बराबरी गरेका थिए।  यता कोपा अमेरिका २०२१ मा अर्का सुपरस्टार खेलाडी लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गर्दा कप्तान मेसीले उत्कृष्ट खेल देखाएका ...
एनआरटीमा मासुके ओलुमो र स्टेफेन समिर आबद्ध, प्रशिक्षकमा राजुकाजी शाक्य

एनआरटीमा मासुके ओलुमो र स्टेफेन समिर आबद्ध, प्रशिक्षकमा राजुकाजी शाक्य

खेलकुद
आगामी असोज ३ देखि  हुने तय सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी) ले तयारी सुरु गरेको छ। चार पटकको विजेता एनआरटीले टिम घोषणा र प्रतियोगिताको मिति तय नभएको अवस्थामा पनि अभ्यास थालेको जनाएको छ।   Advertisement एनआरटीले ४ विदेशी राख्न पाउने प्रावधान अनुसार दुई विदेशी खेलाडीसँग आज सम्झौता गरेको छ। एनआरटीले मासुके ओलुमो र स्टेफेन समिरलाई क्लबमा भित्र्याएको हो। यी दुई खेलाडीको प्रभावमा गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसल) को उपाधि काठमाडौँ रेजर्सले उचालेको थियो। अन्य खेलाडीसँग अनुबन्धको प्रक्रिया पनि अगाडि बढाएको एनआरटीले जनाएको छ।  साथै प्रशिक्षक राजुकाजी शाक्यलाई निरन्तरता दिएको एनआरटीको भनाइ छ। अघिल्लो वर्षका प्रतियोगितामा जस्तै मासुके ओलुमो र स्टेफेन समिरको लयले टोलीलाई उपाधि लक्ष्य भएको अध्यक्ष ...
इंग्ल्यान्ड र युक्रेन भिड्दै, चेकलाई डेनमार्कको चुनौती

इंग्ल्यान्ड र युक्रेन भिड्दै, चेकलाई डेनमार्कको चुनौती

खेलकुद
युरो २०२० अन्तर्गत आज राति दुई वटा क्वार्टरफाइनलका खेल हुँदैछन्। राति ९:४५ बजे चेक गणतन्त्र र डेनमार्कबीच बाकुमा खेल हुनेछ।  चेकले अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। डेनमार्कले भने वेल्सलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।  Advertisement दोस्रो  खेलमा राति १२:४५ बजे इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। युक्रेनले स्विडेनलाई हराएर अन्तिम आठमा स्थान पक्का गर्‍यो।  इंग्ल्यान्डले भने चिरप्रतिस्पर्धी जर्मनीलाई २-० ले पराजित गरेको थियो।  यी दुई खेलको विजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। यसअघि शनिबार विहान इटालीले बेल्जियमलाई तथा स्पेनले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए।  इटाली र स्पेनबीच अब सेमिफाइनलमा प्रतिस्पर्ध...
फुटबल टिमका २० जनालाई कोरोना संक्रमण

फुटबल टिमका २० जनालाई कोरोना संक्रमण

खेलकुद, देश, समाचार, स्वास्थ्य
१७ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । Advertisement एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने । राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइ...
साफ च्याम्पियनसिपको तयारी आगामी सातादेखि, ५० खेलाडी सहभागी हुने

साफ च्याम्पियनसिपको तयारी आगामी सातादेखि, ५० खेलाडी सहभागी हुने

खेलकुद
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका छन्।  नेपाली टिमले आगामी सातादेखि प्रशिक्षण सुरु गर्नेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तयारी असार १७ गते देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  Advertisement अभ्यास दुई शत्रमा गर्ने एन्फाले जनाएको छ।  विहान १० बजे र अपरान्ह ४ बजे अभ्यास हुनेछ। साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुनेछ।  एसियन कपको अन्तिम छनोट सन् २०२२ को १ फेब्रुअरीदेखि हुनेछ। नेपालसहित २४ टिमले एसियन कपको अन्तिम छनोटमा खेल्नेछन्। प्रारम्भिक टिमअपर्ण कार्की (गोलकिपर), विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), किरणकुमार लिम...
यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

खेलकुद
युरो २०२० मा इटाली समूह चरणमा सबै खेल जित्दै अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा इटालीले वेल्सलाई पराजित गर्दै समूह चरणकै तीन खेलमा जित निकाल्यो। यो जितसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० मा पुर्‍यो। यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो।  Advertisement अब युरो २०२० को नकआउट चरणमा जित हात पारे इटालीको अपराजित खेल संख्या ३१ हुनेछ। जुन उसको नयाँ राष्ट्रिय रेकर्ड बन्नेछ।  ८२ वर्षअघिको रेकर्ड बराबरी गरेको इटालीले युरो २०२० को समूह चरणमा ७ गोल गर्दा कुनै पनि गोल खाएन।  यसअघि इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हार बेहोरेन।  त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उस...
युरो कपमा आज चार खेल

युरो कपमा आज चार खेल

खेलकुद
युरो २०२० मा आज राति चार खेल हुँदैछन्। राति ९:४५ बजे समूह 'सी' का अन्तिम दुई खेल हुँदैछन्। रोमानियाको राजधानी बुचारेस्टमा युक्रेन र अस्ट्रियाबीच तथा आम्स्टर्डममा घरेलु टिम नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'सी' मा नेदरल्यान्ड्स लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ। नर्थ म्यासेडोनियालाई पराजित गरे वा बराबरी खेले नेदरल्यान्ड्स समूह विजेता बन्नेछ। म्यासेडोनियालाई भने अन्तिम १६ मा उत्कृष्ट तेस्रो टिम बनेर पुग्न जितको आवश्यकता छ।  यता अस्ट्रिया र युक्रेनबीचको खेलले अन्तिम १६ मा पुग्ने एक टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिमल अन्तिम १६ मा पुग्नेछ। Advertisement खेल बराबरी भएको अवस्थामा पनि दुवै टिमको अंक र गोलअन्तर पनि बराबरी हुनेछ। त्यसैले कार्ड पाएको आधारमा दोस्रो हुने टिमको टुंगो लाग्...
आत्मघाती गोलको मद्दतमा पेरूले कोलम्बियालाई हरायो, भेनेजुएला र इक्वेइडरबीच बराबरी

आत्मघाती गोलको मद्दतमा पेरूले कोलम्बियालाई हरायो, भेनेजुएला र इक्वेइडरबीच बराबरी

खेलकुद
कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ। सोमबार विहान सकिएको खेलमा पेरूले कोम्बियालाई २-१ गोलले पराजित गरेको हो।  खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो।  Advertisement ५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।  ६४ मिनेटमा पेरूले खेलमा दोस्रो पटक अग्रता लियो। पेरूका गुम्तोभोको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।  यता भेनेजुएला र इक्वेइडरले भने २-२ गोलको बराबरी खेलेका छन्। ३९ मिनेटमा प्रिसियाडोको गोलबाट इक्वेइडरले अग्रता लिएको थियो। भेनेजुएलका लागि कास्टिलोले ५१ मिनेटमा बराबरी गोल फर्काए।  ७१ मिनेटमा प्लाटाले ...
अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

खेलकुद, समाचार
कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले  दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।    Advertisement कतारले किन्न लागेको १० लाख डोज खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन्।   'विश्वकप २०२२ सुरू हुन्जेलसम्म धेरै देशले आफ्ना नागरिकलाई खोप लगाइसक्ने छन्,’ प्रधानमन्त्री शेख खालिदले भने,‘केही मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन सकेनन् भने पूर्ण खोप नलगाएकालाई रंगशालामा प्रवेश दिइने छैन।’ कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन...