२०८१ बैशाख २०

अन्तर्राष्ट्रिय टेबलटेनिसको पिङ पोङ डिप्लोमेसीद्वारा अनिता सम्मानित

नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ।


Advertisement


नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन्।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन्।

तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी  छन्।

Copy link
Powered by Social Snap