विश्वकपमा पाकिस्तानले अर्को खेल जितिसक्यो, भारतमा हारको तरंग कायमै!
आइतबारको खेलपछि पाकिस्तानका खेलाडीलाई बधाई दिँदै भारतीय कप्तान विराट कोहली।
युएईमा जारी आइसिसी टी-२० पुरुष विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो।
यसअघि आइतबार भएको यसपालिको विश्वकपको पहिलो खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतसँग १० विकेटको रवाफिलो जित निकालेको थियो।
Advertisement
राजनीतिक रूपमा कटुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीच यसअघि विश्वकपमा भएका सबै १२ खेलमा भारत हावी भएको थियो। विश्वकपमा पहिलो पटक पाकिस्तानसँग पराजित भएको भारतमा अहिलेसम्म पनि त्यसको तरंग बाँकी छ।
भारतीय कप्तान विराट कोहलीले खेल सकिनासाथ पाकिस्तानी खेलाडीलाई अँगालो हालेर बधाई दिँदै खेल भावना देखाएका थिए। खेलमा हारजित भएपछि त्यो कुरा त्यहीँ सकिनु पर्ने हो। तर सोही खेलका कारण भारतमा अहिले...









