२०८२ माघ १८

खेलकुद

बंगलादेशलाई पछि पार्दै स्कटल्यान्ड समूह विजेता

बंगलादेशलाई पछि पार्दै स्कटल्यान्ड समूह विजेता

खेलकुद
आइसिसी टी-२० विश्वकपअन्तर्गत स्कटल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ। पहिलो चरणको आफ्नो अन्तिम खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्डले सुपर १२ मा स्थान पक्का गरेको हो। Advertisement स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ। समूहमा स्कटल्यान्डले तीनै खेलमा जित हात पार्दा बंगलादेश दुई खेलमा विजयी भयो। समूह चरणमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो। बिहीबार राति पहिले ब्याटिङ गरेको ओमान १२२ रनमा समेटियो। ओमानका लागि अक्युब इल्यासले ३७ रन,  कप्तान जीसन मक्सुदले ३४ रन र मोहमद नदीमले २५ रनको योगदान गरे।  बलिङमा स्कटल्यान्डका जोश डेभीले ३ विकेट लिए। १२३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्‍यो। स्कटल्यान्डका लागि कप्ता...
वरीयतामा नेपालभन्दा तल रहेका पाँच टिमले खेलिरहेका छन् टी-२० विश्वकप

वरीयतामा नेपालभन्दा तल रहेका पाँच टिमले खेलिरहेका छन् टी-२० विश्वकप

खेलकुद
आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत अहिले पहिलो चरणका खेल भइरहेका छन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा भइरहेको छ। चार-चार टिम रहेको समूहबाट विजेता र उपविजेता सुपर-१२ मा पुग्नेछन्। पहिलो चरणको समूह 'ए' मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’ मा स्कटल्यान्ड, ओमान, बंगलादेश र  पपुवा न्युगिनी छन्। Advertisement यसअघि सन् २०२० मा गर्ने भनिएको यो विश्वकप कोभिड-१९ का कारण एक वर्ष सरेको थियो। विश्वकपका लागि सन् २०१९ अन्तिम छनोट भएको थियो। सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए। नेपाल भने एसिया छनोटबाटै बाहिरिएको थियो। नेपाललाई एसिया छनोटमा सिंगापुरले पछि पारेपछि नेपालले विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।  विश्व छनोटबाट आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओम...
बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

खेलकुद
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ई’ को खेलमा जर्मन क्लब वार्यन म्युनिख र स्पेनिस क्लब बार्सिलोना विजयी भएका छन्। Advertisement वार्यनले बेन्फिकालाई ४-० गोलले पराजित गर्दा बार्सिलोनाले डाइनामो किभलाई १-० गोलले पराजित गर्‍यो।  वार्यनको जितमा लिरोए सानेले खेलको ७० र ८४ मिनेटमा गरी दुई गोल गरे। रोबर्ट लेवान्डोस्कीले खेलको ८२ मिनेटमा एक गोल थपेका थिए। त्यसअघि खेलको ८० मिनेटमा बेन्फिकाले आत्मघाती गोल गरेको थियो। यता बार्सिलोनाको जितमा जेरार्ड पिकेले खेलको ३६ मिनेटमा गोल गरेका थिए। सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो पहिलो जित हो। समूहमा वार्यन ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक र तेस्रो स्थानको बार्सिलोनाको ३ अंक भएको छ। किभ १ अंकसहित चौथो स्थानमा छ। ...
पिएसजीको पुनरागमन जितमा मेसीले गरे दुई गोल

पिएसजीको पुनरागमन जितमा मेसीले गरे दुई गोल

खेलकुद
युरोपियन च्याम्पियन्स लिगमा फ्रेञ्च क्लब पिएसजीले पुनरागमन जित हात पारेको छ। Advertisement पिएसजीले मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपिजलाई ३-२ ले हरायो।  खेलको नवौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो। २८ मिनेटमा लाइपिजका आन्द्रे सिल्भाले बराबरी गोल फर्काए।  ५७ मिनेटमा मुकेइलेले अर्को गोल गर्दा लाइपिजले अग्रता लिन सफल भयो।  ६७ मिनेटमा पिएसजीका लागि लिओनल मेसीले बराबरी गोल फर्काए। ७४ मिनेटमा मेसीले पेनाल्टीमा गोल गरेपछि पिएसजीले खेलमा दोस्रो पटक अग्रता लियो।  जितसँगै पिएसजी समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। पिएसजीको ३ खेलबाट ७ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ भने क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ। पुछारको लाइपजिगले अंक जोड्न सकेको छैन। ...
टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

खेलकुद
टी-२० विश्वकप २०२१ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ। Advertisement श्रीलंकाले सोमबार राति सकिएको खेलमा नामिबियालाई ७ विकेटले हरायो। पहिले ब्याटिङ गरेको नामिबिया ३ बल खेल्न बाँकी छदा ९६ रनमा अलआउट भयो। उसका लागि क्राग विलयम्सले सबैभन्दा बढि २९ रन जोडे। बलिङमा श्रीलंकाका महीन थीक्षणाले ३ विकेट लिए। ९७ रनको लक्ष्य श्रीलंकाले १३.३ औभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि अभिस्का फर्नान्डोले नटआउट ३० रन र भानुका राजापाक्षाले नटआउट ४२ रन जोडे।  ...
पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

खेलकुद
एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दैछ।  सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टिमले बलिया टिमसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।  Advertisement उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना प्रतियोगिताको छनोटका लागि सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन्।  फिफा वरीयतामा नेपाल भन्दा माथि रहेका टिमसँग नेपालले छनोट खेल्दै छ। प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बावजुत पनि नेपालले बलिया टिमसँग राम्रो नतिजाका लागि खेल्ने बताए। प्रशिक्षक महर्जनले भनेजस्तै नेपाली टिमका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरु...
स्वदेश फर्किएपछि कप्तान किरणले भने- यो टिमले भविष्यमा राम्रो नतिजा दिन सक्छ

स्वदेश फर्किएपछि कप्तान किरणले भने- यो टिमले भविष्यमा राम्रो नतिजा दिन सक्छ

खेलकुद
साफ च्याम्पियनसिप २०२१ खेलेर नेपाली राष्ट्रिय फुटबल टिम सोमबार स्वदेश फर्किएको छ। माल्दिभ्समा भएको साफमा नेपाली टिम उपविजेता बनेको थियो।  गत शनिबार भएको फाइनलमा भारतसँग ३-० गोलले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुनु परेको थियो। स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले नेपाली टिमको प्रदर्शनमा सन्तुष्टि  प्रकट गरे।  'पहिलो खेलदेखि नै फरक फरक खेलाडीले गोल गरे। फरवार्डले नै स्कोर गर्नु पर्छ भन्ने होइन। जसले पनि गोल गर्न सक्ने सम्भावना देखिएको छ,' उनले भने। Advertisement 'खेलाडीहरूले व्यक्तिगत क्षमता देखाएका छन्। टिम राम्रो हुँदा पनि फाइनल खेलको दोस्रो हाफको पाँच मिनेटले गर्दा हामीले खेल हार्न पुग्यौं। अन्जन विष्ट फाइनलमा नहुँदा मिस भएको थियो। उसलाई पनि फाइनल खेल्ने इच्छा थियो। प्रशिक्षक अलमुइरी र अन्जन नहुँदा पनि...
भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

खेलकुद
माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपालले शनिबार कीर्तिमान सात पल्टको विजेता भारतको सामना गर्नेछ । त्यस अगाडि भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले भनेका छन्, ‘नेपालविरुद्ध खेल्न सजिलो हुने छैन ।’ त्यस अगाडि भारतले राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको थियो । फाइनल पुग्नका लागि त्यस खेलमा भारतलाई निश्चित जित आवश्यक थियो र यसक्रममा भारतले नेसनल स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । Advertisement भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । यससँगै सुनिलले भारतका लागि १ सय २४ खेलमा गरेको गोल संख्या ७९ पुगेको छ । भारतले मनवीर सिंहको गोलले अग्रता लिएपछि माल्दिभ्सका तर्फबाट कप...
आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

खेलकुद
काठमाडौँ — कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग २०२१ को फाइनलमा पुगेको छ । Advertisement बुधबार दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता यस संस्करणको फाइनलमा पुगेको हो । दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । फाइनलमा कोलकाताले चेन्नई सुपर किंग्सको सामना गर्ने भएको छ । यसअघि दिल्लीलाई नै हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई आईपीएलको फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ । ...
पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

कर्पोरेट, खेलकुद, देश, समाचार
ए.एफ.टी.आई कर्पोरेशनका सिइओ तथा समूह अध्यक्ष श्रद्धेश आचार्यले नेपाली क्रिकेट टोलीका पूर्व तथा सफल कप्तान पारस खड्काले सुरु गर्नगइरहेको क्रिकेट एक्सेलेन्स सेन्टर "सी ई सी" लाई सहयोग गर्ने घोषणा गरेका छन्। श्रद्धेश भन्दछन्, "मैले स्कूल लेवल सम्म निक्कै क्लब क्रिकेट खेले। वीरगन्जमा जन्मिने ९९% बच्चाले खेल्ने र रुचाउने पहिलो खेल्न क्रिकेट नै हो। म पनि कुनै पृथक थिइन। अहिले आएर खुट्टाको लिगामेन्टको चोट र व्यस्त दिन्चरियले क्रिकेट खेल्न त सम्भव छैन। खेल्न नसकेपनि मेरो क्रिकेट प्रतिको प्रेम सधैं रहिरह्यो। त्यही प्रेमभाव लाई निरन्तरता दिँदै यो सहयोग गर्ने घोषणा गरेको हुँ।" Advertisement श्रदेशले एक वर्ष मा तीन खेलाडीलाई काम लाग्ने क्रिकेट किट प्रदान गर्ने वाचा गरेका छन्। भावी दिनमा संख्या बढाउँदै थप जेहेन्दार क्रिकेटर युवालाई सहयोग गर्ने प्रतिबद्धता आचार्...