२०८१ बैशाख १४

वरीयतामा नेपालभन्दा तल रहेका पाँच टिमले खेलिरहेका छन् टी-२० विश्वकप

आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत अहिले पहिलो चरणका खेल भइरहेका छन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा भइरहेको छ। चार-चार टिम रहेको समूहबाट विजेता र उपविजेता सुपर-१२ मा पुग्नेछन्।

पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’ मा स्कटल्यान्ड, ओमान, बंगलादेश र  पपुवा न्युगिनी छन्।


Advertisement


यसअघि सन् २०२० मा गर्ने भनिएको यो विश्वकप कोभिड-१९ का कारण एक वर्ष सरेको थियो।

विश्वकपका लागि सन् २०१९ अन्तिम छनोट भएको थियो।

सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए।

नेपाल भने एसिया छनोटबाटै बाहिरिएको थियो। नेपाललाई एसिया छनोटमा सिंगापुरले पछि पारेपछि नेपालले विश्व छनोट खेल्ने अवसर गुमाएको थियो। 

विश्व छनोटबाट आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र नामिबियाले विश्वकपमा स्थान पक्का गरेका थिए।

वरीयताका आधारमा भने भारतसँगै पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका  र बंगलादेश विश्वकपमा छनोट भएका थिए।

अहिलेको वरीयता हेर्ने हो भने नेपाल १३औं स्थानमा छ।

नेपालभन्दा वरीयतामा रहेका पाँच देश अहिले विश्वकप खेलिरहेका छन्। वरीयतामा नेपालभन्दा तल रहेका स्कटल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड्स, ओमान र नामिबिया अहिले विश्वकप खेलिरहेका छन्। 

वर्तमान टी-२० विश्व वरीयता 
१.    इंग्ल्यान्ड
२.    भारत 
३.    पाकिस्तान 
४.    न्युजिल्यान्ड 
५.    दक्षिण अफ्रिका 
६.    बंगलादेश 
७.    अस्ट्रेलिया 
८.    अफगानिस्तान 
९.    वेस्ट इन्डिज 
१०.    श्रीलंका 
११.    जिम्बावे 
१२.    आयरल्यान्ड 
१३.    नेपाल 
१४.    स्कटल्यान्ड 
१५.    पपुवा न्युगिनी 
१६.    युएई 
१७.    नेदरल्यान्ड्स 
१८.    ओमान 
१९.    नामिबिया 
२०.    सिंगापुर

Copy link
Powered by Social Snap