२०८१ बैशाख १३

इन्डोनेसियासँग नेपाल पराजित

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ ।


Advertisement


शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले इन्डोनेसियासँग २–० को हार बेहोरेको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए। १-० ले पछि परेको नेपालले गोल फर्काउने केही राम्रा अवसर खेर फालेको थियो। अन्त्यमा इन्जुरी समयमा सुलेमनले गोल गर्दै इन्डोनेसियालाई  सहज जित दिलाए ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ । नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेबनानसँग ३१ अक्टोबर ३१ मा खेल्नेछ।

Copy link
Powered by Social Snap