२०८१ बैशाख १३

एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ। 

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाँदा टोली ४-० ले पराजित हुन पुग्यो।

इरानका लागि मेहदी, होसेन र यासिनले गोल गरे। 


Advertisement


दोस्रो हाफको सुरूआतमै नेपालले गोल खाएको थियो। खेलको ४७ औं मिनेटमा मेहदीले गोल गर्दै सुरूआती अग्रता दिलाए। त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो। इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ। आज हुने समूहको अर्को खेलमा लेबनान र ताजिकिस्तान खेल्नेछन् । 

छनोटको ११ समूहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्। 

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन्। उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्।

छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु-२३ छनोट प्रतियोगितामा पुग्नेछन्।

नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो। पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो।

प्रतियोगितामा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन्।

Copy link
Powered by Social Snap