२०८० चैत्र १५

बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ई’ को खेलमा जर्मन क्लब वार्यन म्युनिख र स्पेनिस क्लब बार्सिलोना विजयी भएका छन्।


Advertisement


वार्यनले बेन्फिकालाई ४-० गोलले पराजित गर्दा बार्सिलोनाले डाइनामो किभलाई १-० गोलले पराजित गर्‍यो। 

वार्यनको जितमा लिरोए सानेले खेलको ७० र ८४ मिनेटमा गरी दुई गोल गरे। रोबर्ट लेवान्डोस्कीले खेलको ८२ मिनेटमा एक गोल थपेका थिए। त्यसअघि खेलको ८० मिनेटमा बेन्फिकाले आत्मघाती गोल गरेको थियो।

यता बार्सिलोनाको जितमा जेरार्ड पिकेले खेलको ३६ मिनेटमा गोल गरेका थिए।

सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो पहिलो जित हो।

समूहमा वार्यन ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक र तेस्रो स्थानको बार्सिलोनाको ३ अंक भएको छ। किभ १ अंकसहित चौथो स्थानमा छ।

Copy link
Powered by Social Snap